बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

काठमाडौँमा मनाइयो ईद-उल-फित्र (तस्बिर)

शनिबार, ०७ चैत २०८२, ०९ : १२
शनिबार, ०७ चैत २०८२

सारांश

  • आज मुस्लिम समुदायले ईद-उल-फित्र पर्व मनाउँदै छन्, रमजान महिनाभर रोजा बसेपछि यो पर्व मनाइन्छ।
  • यो पर्व पैगम्बर हजरत मुहम्मदको विजयको सम्झनामा पनि मनाइन्छ, जहाँ मानिसहरूले शुभकामना आदानप्रदान गर्छन्।
  • नेपालभरि मुस्लिम समुदायले उत्साहका साथ ईद मनाए, काठमाडौँका मस्जिदहरूमा विशेष नमाज पढियो।

इस्लाम धर्मावलम्बीहरूले आज ईद-उल-फित्र मनाउँदै छन्। पवित्र रमजान महिनाभर रोजा (उपवास) बसेपछि चन्द्रमा देखिएसँगै ईदको पर्व मनाउने परम्परा रहेको छ।

eid (1)

इस्लाम धर्मका संस्थापक पैगम्बर हजरत मुहम्मदले बद्रको युद्धमा प्राप्त गरेको विजयको स्मरणमा पनि यो पर्व विशेष रूपमा मनाइने विश्वास गरिन्छ।

eid (2)

ईदलाई शान्ति, सद्भाव र भाइचाराको प्रतीकका रूपमा लिइन्छ। यस दिन मुस्लिम समुदायले विगतका मनमुटाब बिर्सेर एक अर्कालाई अँगालो हाल्दै शुभकामना आदानप्रदान गर्छन्। ३० दिनसम्मको उपासनापछि अल्लाहप्रति कृतज्ञता व्यक्त गर्दै मिठाई साटासाट गर्ने, उपहार दिने र प्रेम बाँड्ने चलन रहेको छ।

eid (3)

नेपालमा पनि मुस्लिम समुदायले उल्लासका साथ ईद मनाएका छन्। राजधानी काठमाडौँ लगायत देशका विभिन्न स्थानमा मस्जिदहरूमा विशेष नमाज अदा गरिएको छ।

eid (4)

काठमाडौँमा बिहानैदेखि मस्जिदहरूमा श्रद्धालुहरूको भीड देखिएको थियो। नमाजपछि एक अर्कालाई अँगालो हाल्दै शुभकामना आदानप्रदान गरिएको छ भने बालबालिकादेखि वृद्धसम्म नयाँ लुगा लगाएर उत्सवमा सहभागी भएका छन्।

eid (5)

यसरी ईद पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश फैलाउने विश्वास गरिन्छ।

eid (6)eid (7)eid (8)eid (9)eid (10)eid (11)eid (12)eid (13)eid (14)eid (15)eid (16)eid (17)eid (18)eid (19)eid (20)eid (21)eid (22)eid (23)eid (24)eid (25)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप