सागर ढकालको चुनाव खर्च १९ लाख १८ हजार
सारांश
- गुल्मी क्षेत्र १ बाट निर्वाचित सांसद सागर ढकालले चुनावी अभियानको आर्थिक विवरण सार्वजनिक गरे।
- उनको अभियानमा २२ लाख बढी सहयोग प्राप्त भएकोमा १९ लाख बढी खर्च भएको देखिन्छ।
- बचत भएको रकम गुल्मीको विकास र देशको उन्नतिका लागि खर्च गर्ने ढकालको घोषणा छ।
काठमाडौँ । गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सागर ढकालले आफ्नो चुनावी अभियानको सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गरेका छन्। निर्वाचनका क्रममा प्राप्त भएको सहयोग र भएको खर्चको पारदर्शिता कायम गर्दै ढकालले सामाजिक सञ्जालमार्फत पूर्ण विवरण बाहिर ल्याएका हुन्।
ढकालले सार्वजनिक गरेको विवरण अनुसार उनको चुनावी अभियानमा जम्मा २२ लाख १ हजार ४ सय रुपैयाँ सहयोग प्राप्त भएको थियो। चुनावी प्रचारप्रसार र विभिन्न अभियानका क्रममा १९ लाख १८ हजार १८२ रुपैयाँ खर्च भएको उनले उल्लेख गरेका छन्।
चुनावी खर्च कटाएर बाँकी रहेको २ लाख ८३ हजार २१८ रुपैयाँ बचत भएको ढकालले जानकारी दिएका छन्। चुनावी अभियानमा संकलन भई खर्च गरेर बाँकी रहेको उक्त बचत रकमलाई ढकालले व्यक्तिगत प्रयोजनमा नलगाई गुल्मीको विकास र देशको उन्नतिका लागि प्रयोग गर्ने घोषणा गरेका छन्।
उनले यो रकम विभिन्न सामाजिक तथा रचनात्मक कार्यहरूमा खर्च गरिने स्पष्ट पारेका छन्। मतदाताको अमूल्य मत र आर्थिक सहयोगको उच्च कदर गर्दै उनले आफूलाई सधैँ जनताको सेवकका रूपमा उभ्याउने प्रतिवद्धता समेत दोहोर्याएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण