खाडीभर जारी छ इरानी आक्रमण
सारांश
- पश्चिम एशियामा जारी युद्ध कहिले सकिन्छ भन्ने अनुमान लगाउन गाह्रो छ।
- इरानले खाडी क्षेत्रमा आक्रमण जारी राखेको छ, जसमा दुबई र साउदी अरबमा क्षति पुगेको छ।
- कुवेतको सेनाले ड्रोन र मिसाइल आक्रमण रोक्न सक्रियता बढाएको छ।
तेहरान । पश्चिम एशियामा अहिले जारी युद्ध कहिले र कुन अवस्थामा रोकिएला भन्ने आकलन गर्न कठिन छ । इजरायी प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इरानसँगको युद्ध आधा बिन्दुभन्दा पर पुगेको भन्ने अभिव्यक्ति दिएपनि उनले युद्ध कहिले सकिएला भन्नेमा केही बताएनन् ।
उता इरानले आफूमाथि भएको आक्रमणको प्रतिकारमा खाडीभरि आक्रमण जारी राखेको छ । मंगलबार बिहान ४ बजे दुबईमा अवरोध गरिएको प्रक्षेप्यको छर्रा खस्दा आगलानी भएको छ । अल–बादिया क्षेत्रमा एक खाली घर नजिकै आगलागी हुँदा चार जना घाइते भएको दुबई मिडिया अफिसले भनेको छ ।
त्यसैगरी, इरानले हानेको ड्रोन लागेर दुबईमा दुई मिलियन ब्यारेल तेल बोकेको ट्यांकरमा आगो लागेको थियो । यूएईको सरजाहमा गए राति ड्रोनले थुराया दूरसंचार कम्पनीको प्रशासनिक भवनलाई निशाना बनाएको छ ।
यस घटनामा कोही पनि घाइते नभएको जनाइएको छ । साउदी अरबमा पनि अवरोध गरिएको ड्रोनको टुक्रा खसेर छ वटा घरमा क्षति पुगेको खबर आएको छ । यस क्रममा कोही पनि घाइते नभएको साउदीको सिभिल डिफेन्सले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ ।
कुवेतको सेनाले पनि आफ्नो क्षेत्राधिकारमा ड्रोन र मिसाइल आक्रमण रोक्न सक्रियता बढाएको छ । माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोष्टमा सेनाले आकाशबाट आउने सम्भावित आक्रमणलाई आफूहरूले निरन्तर निगरानी गरिरहेको भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण