इरानी वार्ताकार पाकिस्तान प्रस्थान
बिहीबार, २६ चैत २०८२, १२ : ०३
सारांश
- इरान र अमेरिकाबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यले इरानी प्रतिनिधिमण्डल आज पाकिस्तान प्रस्थान गरेका छन्।
- इरानी वार्ता टोलीले शनिबार इस्लामावादमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गर्नेछन्।
- वार्ता इरानले प्रस्ताव गरेको १० बुँदे योजनामा आधारित हुने इरानी राजदूतले बताएका छन्।
तेहरान । इरान र अमेरिकाबिच जारी युद्ध अन्त्य गर्ने उद्देश्यले इरानी प्रतिनिधिमण्डल आज पाकिस्तानतर्फ प्रस्थान गरेका छन् । पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोग्हादामले उक्त जानकारी पुष्टि गरेका हुन् ।
उनका अनुसार वार्ता टोलीले शनिबार इस्लामवादमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गर्नेछ । मोग्हादामले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै वार्ता ‘इरानले प्रस्ताव गरेको १० बुँदे योजना’ मा आधारित हुने बताएका छन् । तर ती बुँदाहरू वास्तवमा के–के हुन् भन्ने विषयमा अझै स्पष्टता नभएको जनाइएको छ ।
कूटनीतिक पहललाई कमजोर बनाउन इजरायलद्वारा बारम्बार गरिएको युद्धविराम उल्लङ्घनका कारण इरानी जनमतमा शङ्का भए पनि वार्ता अगाडि बढाइने उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण