ब्राजिलमा संसदद्वारा बोल्सोनारोको जेल सजाय घटाउने योजना पारित
सारांश
- ब्राजिलको संसदले पूर्वराष्ट्रपति बोल्सोनारोको जेल सजाय घटाउने विधेयक पारित गरेको छ ।
- रूढिवादी बहुमतको समर्थनमा कंग्रेसले राष्ट्रपति लुलाको भिटोलाई दुई-तिहाइभन्दा बढी मतले उल्टाएको छ ।
- यो कानुनले बोल्सोनारोको २७ वर्षको सजायलाई घटाएर करिब दुई वर्षमा झार्ने प्रस्ताव गरेको छ ।
ब्रसिलिया । ब्राजिलको संसदले पूर्वराष्ट्रपति येर बोल्सानारोको जेल सजाय उल्लेखनीय रूपमा घटाउने विधेयक पारित गर्दै राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाद्वारा लगाइएको भिटोलाई खारेज गरेको छ ।
२०२२ को निर्वाचनमा हारपछि सत्ता कब्जा गर्ने प्रयास गरेको आरोपमा गत वर्ष बोल्सोनारोलाई २७ वर्षको जेल सजाय सुनाइएको थियो । तर, नयाँ कानुनले सजाय गणना गर्ने तरिका परिवर्तन गर्दै उक्त सजाय घटाएर करिब दुई वर्ष मात्र बनाउने प्रस्ताव अघि सारेको छ ।
कंग्रेसमा रूढिवादीहरुको बहुमतले यो विधेयकलाई समर्थन गरेको थियो, जबकि लुलाले यसलाई रोक्न प्रयास गरेका थिए । बिहीबारको तनावपूर्ण सत्रमा सांसदहरूले दुई-तिहाइभन्दा बढी मतले राष्ट्रपतिको भिटोलाई उल्टाउँदै विधेयक पारित गरे ।
यो कानुन अहिले सर्वोच्च संघीय अदालतमा चुनौती दिन सकिने अवस्था रहेको छ, जसले अन्तिम निर्णय गर्न सक्छ । ७१ वर्षीय बोल्सोनारोलाई स्वास्थ्य समस्याका कारण मार्च महिनामा अस्थायी रूपमा घरमै नजरबन्दमा बस्न अनुमति दिइएको थियो । सर्वाेच्च अदालतका न्यायाधीशहरूका अनुसार उनी वर्तमान राष्ट्रपति लुला र उनका उपराष्ट्रपति उम्मेदवार गेराल्डो अल्कमिनमाथि हत्या योजना बारे जानकार थिए ।
सैन्य नेतृत्वको समर्थन नपाएपछि उक्त षड्यन्त्र असफल भएको थियो र लुलाले १ जनवरी २०२३ मा निर्विघ्न रूपमा पदभार ग्रहण गरेका थिए । भिटो खारेज भएपछि संसदभित्र केही सांसदहरूले स्वतन्त्रताको नारा लगाएका थिए । बोल्सोनारोका जेठा छोरा फ्लाभियो बोल्सोनारोले सामाजिक सञ्जालमार्फत यसलाई आफ्नो ४५औँ जन्मदिनको विशेष उपहार बताएका छन् ।
यो निर्णय लुला सरकारका लागि पछिल्लो समयको दोस्रो ठूलो राजनीतिक झट्का मानिएको छ । यसअघि संसदले सर्वाेच्च अदालतका लागि लुलाले सिफारिस गरेका उम्मेदवार जर्ज मेसियासलाई अस्वीकृत गरेको थियो, जुन दशकौँयता पहिलो पटक भएको घटना हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण