फेरिएनन् तिम्रा यादहरू
शनिबार, १९ वैशाख २०८३, १२ : ३७
यो रातको
समय हो महोदय !
आज रातभर
म आन्दोलनको तयारीमा हुनेछु
भोलि आन्दोलन गर्नु छ
सत्ता ढाल्नु छ ।
म
हातमा रूपान्तरणको
मसाल लिएर
नैतिक रूपमा आन्दोलनमा
होमिएँ ।
आन्दोलन भयो
र,
फेरियो देशको राज्यसत्ता ।
सकिए
जिन्दावाद र मुर्दावादका नाराहरू
निवर्तमान भए
देउवा, ओली र चित्रबहादुरहरू
अनि मेरो मनमा कोरिन थाले देशका वृत्तचित्र ।
शेरबहादुर नभएर के भो
सेरिएको छ लोकतन्त्र
चित्रबहादुर नभएर के भो
भित्तामा कोरिएको छ ग्रेटर नेपाल
ओली नभएर के भो
प्रतिवेदनमा छ सुरुङमार्ग ।
प्रिय !
सुन न
पुराना हुँदै गए
सिंहदरबार जलेका कथाहरू
आन्दोलनका घाइतेका दुःखान्तहरू
सुत्केरी सुकुम्वासीका चीत्कारहरू
अनि
मगमगाउन थाल्यो
ठ्वास्स घृणा गनाएको हाम्रो
लोकतान्त्रिक सभ्यता ।
तर, अचम्म !
यी सबैका बाबजुद
फेरिएनन् तिम्रा यादहरू
रोकिएनन् तिम्रा सम्झनाहरू ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण