सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: संसद्मा जनयुद्धका ‘सुप्रिमो’ र ‘सैन्य कमान्डर’ को दुई रूप, बालेनलाई अदालतको एकपछि अर्को झट्का

बुधबार, ३० वैशाख २०८३, ०० : ०४
बुधबार, ३० वैशाख २०८३

सारांश

  • रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगीहरूको आकर्षण बढेको छ, जहाँ हाल ६ वटा उद्योग निर्माणाधीन छन्।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा 'खल्तीका योजना' हाल्ने प्रवृत्ति रोक्ने घोषणा गरेका छन्।
  • काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह नेतृत्वको सरकारका निर्णयहरूमा अदालतले रोक लगाएपछि सरकारलाई झट्का लागेको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ।

१. उद्योगीको आकर्षण

रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगीहरूको आकर्षण बढ्दै गएको छ। लामो समयसम्म अपेक्षित रूपमा सञ्चालनमा आउन नसकेको सेज अहिले भने सरकारी नीतिगत सुधार र उद्योगमैत्री व्यवस्थापछि क्रमशः चलायमान बन्दै गएको हो। हाल सेजभित्र एकैपटक ६ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेका छन्।

२. नेपालमा विद्युतीय सवारी

ट्रली बसबाट सुरु भएको नेपालको विद्युतीय यातायातको यात्रा आज अत्याधुनिक  ‘स्मार्ट’ विद्युतीय कारसम्म आइपुगेको छ । हाल पेट्रोलियम पदार्थको बढ्दो मूल्यबिच त विद्युतीय सवारीमा धेरैको आकर्षण बढिरहेको छ । त्यसमाथि वातावरणीय प्रदूषणको चिन्तासँगै नागरिक सचेत हुन थालेपछि नेपाली सडकमा ईभीले राज गरिरहेको छ ।

३. अर्थ समिति

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा वर्षौँदेखि चल्दै आएको ‘खल्तीका योजना’ हाल्ने प्रवृत्तिलाई पूर्णतः निषेध गर्ने घोषणा गरेका छन् । प्रतिनिधिसभाको अर्थ समितिको छलफलका क्रममा उनले अबदेखि अर्थ मन्त्रालयले सीधै कुनै पनि आयोजना बजेटमा समावेश नगर्ने र सबै आयोजना सम्बन्धित मन्त्रालयको प्रणालीबाटै आउनुपर्ने कडा व्यवस्था लागू गरिएको जानकारी दिएका हुन् ।

४. झट्का

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारका कामकारबाही र निर्णयमा एकपछि अर्को झट्का लागेको छ । बोलाइएको संसद् अधिवेशन नै स्थगित गरेर अध्यादेशमार्फत विभिन्न कानुन संशोधन गर्ने निर्णय गरेको शाह नेतृत्वको सरकारका निर्णयविरुद्ध सरोकारवालाहरू अदालत पुगेपछि ती निर्णयहरूमा अदालतले रोक लगाएर सरकारलाई झट्का दिएको हो ।

५. संसद् बैठक

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरूले विभिन्न मुद्दामा सरकारको ध्यानाकर्षण गराएका छन्।

६. अनफोल्डेड

नेपालसँग सीमा जोडिएको भारतीय राज्य पश्चिम बंगाल र दक्षिण भारतीय राज्य तमिलनाडुमा हालै भएको विधानसभा निर्वाचन भयो । निर्वाचनमार्फत दुवै राज्यमा पुराना शक्तिको दबदबा तोडिएर नयाँ शक्ति उदाएका छन् । पश्चिम बंगालमा नयाँ दल त होइन, तर त्यहाँको सत्तामा अहिलेसम्म नपुगेको भारतीय जनता पार्टी (बीजेपी) दुई तिहाइ सिटका साथ विजयी भएको छ । बीजेपीका शुभेन्दु अधिकारी मुख्यमन्त्री बनेका छन् ।

७. नीति तथा कार्यक्रम

सोमबार राष्ट्रपतिमार्फत सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरियो । पूर्वप्रशासकहरूका अनुसार सामान्यतया सरकारले ल्याएको अल्पकालीन ‘एक्सन प्लान’को विस्तृत रूप नै वार्षिक नीति तथा कार्यक्रम हुनुपर्ने हो, तर यी दुई दस्ताबेजको तुलनात्मक अध्ययन गर्दा सरकारको बोली र व्यवहारमा ठुलो खाडल देखिएको छ ।

८. बाटो खुल्दै

बागमती प्रदेश सरकारले हेटौंडामा आफ्नै एकीकृत प्रशासनिक संरचना निर्माण गर्ने वर्षौंदेखिको योजनालाई कार्यान्वयनको चरणमा पुर्‍याएको छ । संघीय सरकारको वन तथा भू–संरक्षण विभाग र प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबिच वन क्षेत्रको जग्गा उपभोगका लागि अन्तिम सम्झौताको गरेको हो ।

९. सुदूरपश्चिमका सीमानाकामा तस्करी

नेपाल र भारतबिचको खुला सिमानाका कारण सुदूरपश्चिम प्रदेशका सीमा क्षेत्रबाट हुने तस्करी सुरक्षा निकायका लागि चुनौतीको विषय बनेको छ। दैनिक रूपमा ठूलो मात्रामा भन्सार छलीका सामान बरामद भइरहे पनि तस्करीको जालो तोडिनुको साटो झन् जेलिँदै गएको देखिन्छ। 

१०. संसद्मा जनयुद्धका ‘सुप्रिमो’ र ‘सैन्य कमान्डर’ को दुई रूप

मङ्गलवारको प्रतिनिधि सभा बैठकमा जबरजस्त रूपमा धेरैलाई आफूतर्फ ध्यानाकृष्ट गराउन सफल भए तत्कालीन नेकपा माओवादीका दुई नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रामबहादुर थापा ‘बादल’ । यी दुवै नेता माओवादीको १० वर्षे जनयुद्धका बेला प्रमुख भूमिकामा थिए ।

११. पदमुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई २०८३ वैशाख २९ गते मंगलबारदेखि लागू हुने गरी पदमुक्त गरिएको हो ।

१२. खेलकुद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप