इबोलाको प्रकोप : थाइल्यान्डमा २१ दिनको क्वारेन्टिन अनिवार्य
सारांश
- थाइल्यान्डले कङ्गो र युगान्डाबाट आउने यात्रुहरूका लागि इबोलाको जोखिमका कारण २१ दिनको अनिवार्य क्वारेन्टिन लागू गरेको छ ।
- लक्षण देखिएका यात्रुहरूलाई अस्पतालमा र लक्षण नभएकालाई क्वारेन्टिन केन्द्रमा राखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
- कङ्गोमा २०४ जनाको मृत्यु र ८६७ शङ्कास्पद बिरामी देखिएपछि तथा युगान्डामा एक जनाको मृत्यु र ६ जनामा सङ्क्रमण पुष्टि भएपछि यो निर्णय लिइएको हो ।
बैंकक । थाइल्यान्डले इबोला भाइरसको जोखिमका कारण कङ्गो प्रजातान्त्रिक गणराज्य र युगान्डाबाट आउने यात्रुहरूका लागि २१ दिन क्वारेन्टिन अनिवार्य गरेको छ । सरकारले यी दुई देशबाट आउने वा ती देशहरूलाई ट्रान्जिट बनाएका यात्रुहरूका लागि २१ दिनको अनिवार्य क्वारेन्टिन लागू गरेको हो ।
यो निर्णय ती देशहरूमा फैलिरहेको घातक इबोला भाइरसको प्रकोपका कारण गरिएको हो । थाइल्यान्डको स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमणका लक्षण देखिएका यात्रुहरूलाई राज्यद्वारा तोकिएको अस्पतालमा राखिनेछ भने लक्षण नभएकाहरूलाई छुट्टै क्वारेन्टिन केन्द्रमा राखिनेछ ।
यो निर्णय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले उक्त क्षेत्रमा फैलिएको इबोला प्रकोपबारे अन्तर्राष्ट्रिय स्वास्थ्य चेतावनी जारी गरेपछि आएको हो । कङ्गोले मे १५ इबोलाको प्रकोपको घोषणा गरेको थियो ।
त्यसयता अहिलेसम्म त्यहाँ इबोला भाइरसको सङ्क्रमणका कारण २०४ जनाको मृत्यु भइसकेको ६ भने ८६७ शङ्कास्पद सङ्क्रमित बिरामी फेला परिसकेका छन् । यसको छिमेकी देश युगान्डामा पनि इबोला भाइरसको सङ्क्रमणको कारण एक जनाको मृत्यु भएको छ भने अरू ६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
इबोला भाइरस लामो समयसम्म पहिचान नभई फैलिन सक्ने भएकोले सङ्क्रमणको वास्तविक दायरा रिपोर्ट गरिएकोभन्दा धेरै ठुलो हुनसक्ने अनुमान डब्ल्यूएचओले गरेको छ ।
अन्तर्राष्ट्रिय यात्राका कारण भाइरस देशमा भित्रिन सक्ने जोखिमलाई मध्यनजर गर्दै यो कडा कदम चालिएको थाइल्यान्डका वरिष्ठ सार्वजनिक स्वास्थ्य अधिकारी सोम्लेर्क जेउङ्समार्नले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण