१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
आज २०८३ असार २४ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- नक्कली भुटानी शरणार्थी प्रकरण
काठमाडौँ जिल्ला अदालतले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित १५ जनालाई दोषी ठहर गरेको छ । सात जना आरोपितले भने सफाइ पाएका छन् । न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्वमन्त्रीसहित १५ जनालाई विभिन्न कसुरमा दोषी ठहर हुने फैसला सुनाएको हो । उक्त मुद्दामा दोषी ठहर भएकाहरूको सजाय निर्धारण भने आउँदो असार २९ गतेका लागि पेसी तय भएको छ ।
- अनलाइन ठगी
अनलाइन मार्फत सामान बेच्ने नाममा पछिल्लो समय ठगीका घटना बढेका छन् । अनलाइन सपिङ र मार्केटप्लेसको आवरणमा २०८२ साउनदेखि २०८३ जेठ मसान्तसम्ममा ७६७ जना ठगिएको रेकर्ड प्रहरीमा छ । प्रहरीमा उजुरी गर्न नआएका अन्य कैयौँ मानिस यस्ता घटनामा ठगिएको हुन सक्ने प्रहरीको आशङ्का छ ।
- मन्त्रिपरिषद् बैठक
सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
- प्रधानमन्त्रीसँगको भेट
प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री भएको १०० दिन पुगेपछि पहिलो पटक निजी क्षेत्रसँग छलफल गरेका छन् । प्रधानमन्त्री शाहले प्रधानमन्त्री भएपछि पहिलो पटक निजी क्षेत्रसँग दुई घण्टा लामो छलफल गरेका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले करिब दुई घण्टा निजी क्षेत्रका प्रतिनिधिहरूको कुरा सुने ।
- भेटवार्ताको बाटो
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सरकारको नेतृत्व गरेसँगै विदेशी कूटनीतिज्ञसँग सामुहिकबाहेक एकल भेटवार्ता नगर्ने आफ्नो अडानमा लचकता देखाएका छन् । उनले एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गर्दै आफ्नो अडान तोडे ।
- एमाले पुनर्गठन
निर्वाचन समीक्षा र पार्टीको पुनर्ताजगीकरणका लागि देशभर सुझाव सङ्कलन गरेको नेकपा एमालेले आगामी दिनमा कस्तो पार्टी बनाउने, कसरी अघि बढ्ने र नेता कार्यकर्ताहरुलाई कसरी जिम्मेवार बनाउने भन्ने सन्दर्भमा प्रतिवेदन तयार गर्ने भएको छ ।
- शान्ति सम्झौता ‘सकियो’
निकै विवादित स्ट्रेट अफ होर्मुजमा व्यापारिक जहाजहरूमाथि तेहरानले गरेको आक्रमणको जवाफ भन्दै अमेरिकाले बुधबार बिहान इरानमाथि दर्जनौँ आक्रमण गरेको छ। यसले पश्चिम एसियामा फेरि पूर्ण युद्ध सुरु हुने व्यापक त्रास फैलिएको छ।
- जताततै घरजग्गा
ठगी तथा आपराधिक विश्वासघातको सञ्जाल चलाएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नियन्त्रणमा रहेका विराटनगरका अभिषेक गिरीले आफ्नी श्रीमतीको नाममा विभिन्न ठाउँमा जग्गा खरिद गरेको भेटिएको छ ।
- राष्ट्र बैंक विधेयक
संसद्मा विचाराधीन नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयकमा १८ जना सांसदहरू संशोधन प्रस्ताव दर्ता गराएका छन् । प्रतिनिधिसभा नियमावलीअनुसार संशोधनको समयावधि सकिँदासम्म सो संख्यामा सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । यसरी प्रस्तावित संशोधनमा डिजिटल प्रविधिको प्रयोग, सञ्चालकको योग्यता, प्रादेशिक अवधारणा र वित्तीय सुशासन लगायत मुख्य छन् ।
- कार्यसूचीमा मात्रै
सरकारले कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि लिइँदै आएको आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा बन्द गर्ने घोषणा गरे पनि केही विद्यालयले सरकारको निर्णय अटेर गर्दै आएका छन् । केही विद्यालयले ‘टेष्ट’ को नाममा परीक्षा तालिका नै सार्वजनिक गरी प्रथम त्रैमासिक परीक्षा लिन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण