मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

रहस्यमय गाडी पार्किङबारे एमाले महासचिवको प्रतिक्रिया–विनाशकाले विपरीत वुद्धि

सोमबार, २९ असार २०८३, १८ : ४९
सोमबार, २९ असार २०८३

सारांश

  • नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सञ्चार प्रतिष्ठानको प्रवेशमार्ग अवरूद्ध हुने गरी रहस्यमय ढंगले गाडी पार्किङ गरिएको घटनालाई सञ्चार माध्यम र समाजलाई भयभीत बनाउने प्रयास भएको बताएका छन्।
  • महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत "विनाशकाले विपरीत वुद्धि" भन्दै सञ्चार प्रतिष्ठानको बाटो छेक्ने गरी गरिएको पार्किङले स्वतन्त्र सञ्चारमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास भएको उल्लेख गरे।
  • उनले यस्तो गतिविधिले सञ्चारमाध्यम र समाजलाई त्रसित बनाउने उद्देश्य बोकेको देखिएको भन्दै यस्ता बचकना हर्कतले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारितालाई कमजोर बनाउन नसक्ने धारणा व्यक्त गरेका छन्।

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सञ्चार प्रतिष्ठानको प्रवेशमार्ग अवरूद्ध हुने गरी रहस्यमय ढंगले गाडी पार्किङ गरिएको घटनालाई सञ्चार माध्यम र समाजलाई भयभीत बनाउने प्रयास भएको बताएका छन्।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत साेमबार “विनाशकाले विपरीत वुद्धि” भन्दै सञ्चार प्रतिष्ठानको बाटो छेक्ने गरी गरिएको पार्किङले स्वतन्त्र सञ्चारमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास भएको उल्लेख गरे।

उनले यस्तो गतिविधिले सञ्चारमाध्यम र समाजलाई त्रसित बनाउने उद्देश्य बोकेको देखिएको भन्दै यस्ता हर्कतले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारितालाई कमजोर बनाउन नसक्ने धारणा व्यक्त गरेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप