मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

मध्यरातमा मुग्लिन–नारायणगढ सडकखण्डमा बिजोगः अलपत्र एम्बुलेन्स र गाडी खुलाइँदै (भिडियोसहित)

सोमबार, २९ असार २०८३, २३ : ३८
सोमबार, २९ असार २०८३

सारांश

  • लगातारको वर्षाका कारण आएको पहिरो र लेदोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा मध्यरातमा यात्रु र सवारीसाधनको बिजोग भएको छ।
  • पहिरो पन्छाएर एम्बुलेन्स लगायतका अत्यावश्यक सवारीसाधनहरूलाई गन्तव्यतर्फ पठाउने कार्य भइरहेको छ।
  • पहिरोको जोखिम कायमै रहेकाले अर्को सूचना जारी नभएसम्म यस सडकखण्डमा नयाँ सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाइएको छ।

काठमाडौँ । लगातारको वर्षाका कारण आएको पहिरो र लेदोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा मध्यरातमा यात्रु र सवारीसाधनको बिजोग भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार राति १०ः३० देखि पहिरोका कारण बिच बाटोमै अलपत्र परेका एम्बुलेन्स लगायतका अत्यावश्यक सवारीसाधनहरूलाई पहिरो पन्छाउँदै गन्तव्यतर्फ पठाउने कार्य भइरहेको छ । 

कार्यालयका अनुसार पहिरोको जोखिम कायमै रहेकाले अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि थप नयाँ सवारीसाधनहरूलाई यस सडकखण्डमा आवागमन गर्न पूर्ण रूपमा रोक लगाएको छ ।

यसअघि नै जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै काठमाडौँ उपत्यकाबाट बाहिर यात्रा नगर्न अनुरोध गरेको थियो ।

यसैगरी, रुपन्देही, नवलपरासीलगायतका पश्चिम क्षेत्रबाट काठमाडौँतर्फ आउँदै गरेका यात्रु तथा सवारीसाधनहरूलाई चितवनभन्दा अगाडि नबढ्न प्रशासनले आग्रह गरेको छ ।

सडक अवरुद्ध भएर लामो समयसम्म अलपत्र पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रशासनले यात्रुहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप