मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बागमती एमाले दलको बैठक काठमाडौँमा, समर्थन फिर्ताबारे निर्णय गर्ने

सोमबार, ०४ साउन २०८३, ११ : २९
सोमबार, ०४ साउन २०८३

सारांश

  • नेकपा एमाले बागमती प्रदेश सरकारबाट फिर्ता हुने भएको छ ।
  • यसका लागि औपचारिक निर्णय गर्न नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक काठमाडौँमा बसिरहेको छ ।
  • बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने र ६ जना मन्त्रीले राजीनामा गर्ने निर्णय गर्नेछ ।

काठमाडौँ । मुख्यमन्त्रीसँग खटपट परेपछि नेकपा एमाले बागमती प्रदेश सरकारबाट फिर्ता हुने भएको छ । त्यसका लागि औपचारिक निर्णय गर्न नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक काठमाडौँमा बसिरहेको छ । बैठकले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गर्ने नेताहरूले बताएका छन् । 

‘काठमाडौँको कोटेश्वरमा बैठक जारी छ, विभिन्न विषयमा छलफल जारी छ’, बैठकमा सहभागी एक नेताको भनाइ छ । दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्नुका साथै एमालेका ६ जना मन्त्रीले राजीनामा गर्नेबारे निर्णय निर्णय लिइने एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए । 

एमाले नेताहरूले शनिबार नै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई समर्थन फिर्ता गर्नेबारे मौखिक जानकारी दिइसकेका थिए । बागमती सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, कृषि, पशुपन्छी तथा वन वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा यातायात क्षेत्र हेर्ने मन्त्री जयराम थापा, कृषि मन्त्रालयअन्तर्गत वन तथा वातावरण क्षेत्र हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य क्षेत्र हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप