बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश मुख्य समाचार

'जिम्मेवार र मर्यादित पत्रकारिताले मात्र समाजलाई सही गन्तव्य हिँडाउन सहयोग पुर्‍याउँछ'

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले जिम्मेवार र मर्यादित पत्रकारिताले मात्र समाजलाई सही गन्तव्य हिँडाउन सहयोग पुर्याउने बताएका छन् ।  विश्व प्रेस स्वतन्त्रता दिवस २०२४ को अवसरमा शुभकामना सन्देश दिँदै पत्रकारिता क्षेत्रलाई स्वनियमनतर्फ प्रोत्साहित ...

पोखराको बिजुली पसलमा आगलागी

पोखराको बिजुली पसलमा आगलागी

पोखरा । पोखराको चाउथेस्थित एक बिजुली पसलको गोदाममा आगलागी भएको छ । बुधबार राति आगलागी हुँदा १ करोड हाराहारीको क्षति भएको छ ।  साङ्ग्रिला सप्लायर्स बिजुली पसलको गोदाममा आगलागी भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी, सशस्त्र प्रहरीसँगै स्थानीय र दमकलले आगो नियन्त्रणमा लिएका छन् । आधा घण्टामा आगो नियन्त्रणमा आए पनि क्षति भने बढी भएको सञ्चालक ध्रुव मरासिनीको दाबी छ ।  प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको कास्की प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।  ...