स्थानीय तहको चुनाव : कर्णालीमा कति दल र मतदाता ?
कर्णाली प्रदेशमा आसन्न स्थानीय तहको चुनावमा भाग लिने दलको संख्या समेत कम छ । अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको संख्या कर्णालीमा कम देखिएको हो । कर्णालीकै हिमाली जिल्ला डोल्पामा ११ र प्रदेश राजधानी रहेको सुर्खेतमा सुर्खेतमा २५ राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिन लागेका छन् ।
रुकुमपश्चिम १२ र सल्यानमा १२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालिकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा चालिसेले जानकारी दिए ।
डोल्पामा महिला मतदाता संख्या ११ हजार ३ सय ७९ , पुरुष ११ हजार ६१ जना रहेका छन् । त्यस्तै सुर्खेतमा महिला मतदाता संख्या १ लाख ११ हजार ७ सय १८ र पुरुष १ लाख ६३ हजार २५ रहेका छन् । रुकुम पश्चिमा महिला ४५ हजार ७ सय ९९ र पुरुषको संख्या ४६ हजार ५ सय ४७ मतदाता रहेका छन् ।
सल्यानमा महिला मतदाता संख्या ७७ हजार ८ सय ११ र पुरुषको संख्या ७९ हजार ९०४ रहेको छ । मुगुमा १६ हजार ७ सय ९५ र पुरुषको संख्या १८ हजार १ सय ६७ रहेको छ । जाजरकोटमा महिलाको संख्या ४९ हजार ९, पुरुषको संख्या ५४ हजार ८ सय ५८ छ । दैलेखमा महिला मतदाता संख्याको संख्या ७४ हजार ६ सय ८९ रहेको छ भने पुरुषको संख्या ७४ हजार ३८ रहेको छ ।
कर्णाली प्रदेश भरीको महिला मतदाता संख्या ४ लाख ४९ हजार ३० रहेको छ भने पुरुषको संख्या ४ लाख ५९ हजार ४०१ रहेको छ । ९ लाख ८ हजार ४३३ जनाले आसन्न चुनावमा मतदान गर्न पाउने निर्वाचन कार्यालयले जानकारी दिएको छ । जुम्लामा, हुम्लामा र कालिकोटको मतदाता संख्या प्रदेश निर्वाचन कार्यालयको साइटमा राखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण