कर्णालीमा सात जिल्लाको भागबण्डा टुङ्गियो
कर्णालीमा सत्ता गठबन्धनको बैठकले भागबण्डा करिब–करिब अन्तिम टुङ्गोमा पुगेको छ । अहिलेसम्म कर्णालीका सात जिल्लाको भागबण्डा मिलिसकेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष विमला केसीले रातोपाटीलाई जानकारी दिइन् । उनका अनुसार हुम्ला, दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा जिल्लाको पालिकाको बाँडफाँटमा कुरा मिलिसकेको हो।
‘सुर्खेत, कालिकोट र रुकुम पश्चिमको बाँकी रहेको छ,’अध्यक्ष केसीले भनिन्, ‘अहिले पनि बैठक जारी नै छ । हामी बिहानसम्म अन्तिम टुङ्गो लगाउने र आइतबार बिहान निर्णय सार्वजनिक गरिने छ ।’ आइतबार मनोनयन दर्ता गर्ने समय भएकाले पनि अन्तिम टुङ्गो लगाउनुपर्ने बाध्यता गठबन्धनसँग छ ।
बैठक बिहीबार दिउँसोदेखि नै मुख्यमन्त्री जीवनबहादुर शाहीको सरकारी निवासमा जारी छ । नेपाली काँग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीले रातभरि घनिभूत छलफल गरेर पनि भागवण्डाको अन्तिम टुङ्गो लगाई भोलि बिहान सूर्योदय नहुँदै के भयो भन्ने कुराको स्पष्ट जानकारी दिइने रातोपाटीलाई जानकारी दिए । ‘निष्कर्ष निस्किएको छैन । गहन र घनिभूत छलफल जारी छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण