हुम्लामा वडा अध्यक्षसहित चार सदस्यको एकल उम्मेदवारी
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हुम्लामा दुई वडा अध्यक्ष र चार सदस्यको एकल उम्मेदवारी परेको छ । जिल्लाको उत्तरी नाम्खा र सिमकोट गाउँपालिकामा उक्त पदका लागि दल तथा स्वतन्त्रका एकल उम्मेदवारी परेको हो ।
नाम्खा गाउँपालिका–६ को हिमाल पारीको गाउँ लिमीबाट वडाध्यक्ष पदमा पाल्जोर तामाङ र सिमकोट गाउँपालिका–१ बाट गोर्ख लामाको एकल उम्मेदवारी परेको हो । दरखास्त फारम माथिको छानबिन गर्ने कार्यतालिका अनुसारको समय र दाबी विरोधको कार्यक्रम बाँकी रहेको कारण वैशाख १५ गतेपछि मात्र निर्विरोध निर्वाचितको बारेमा जानकारी गरिने भएको जानकारी प्राप्त भएको छ ।
लामा नेपाली काँग्रेसका उम्मेदवार हुन् भने तामाङ स्वतन्त्रका उम्मेदवार । लिमिकै वडा सदस्यमा महिला सदस्यमा कुन्ज्योकबुटी लामा, खुल्ला सदस्यमा छिरिङतन्डुप तामाङ र तुण्डुप तामाङको पनि एकल उम्मेदवारी परेको छ । सिमकोट–१ को दलित महिला सदस्यमा कांग्रेसका नानी कोइला सुनारको एकल उम्मेदवारी परेको छ ।
उजुरी न्यून
निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता गरेका उम्मेदवारमाथि न्यून उजुरी परेको बताएको छ । खार्पुनाथ गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत विष्णुबहादुर शाहीले गाउँपालिकाका कूल १०८ उम्मेदवारमध्ये दुई जना उम्मेदवारमाथि उजुरी परेको जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १२७ वटा उम्मेदवारीमा कुनै पनि उजुरी परेको छैन । स्थानीय तहको निर्वाचनमा हुम्लामा विभिन्न पदमा उम्मेदवारी दिनेको सङ्ख्या ९३६ रहेको छ । मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलका अनुसार हुम्लाका सातवटा स्थानीय तहमा अध्यक्ष पदमा ३६, उपाध्यक्षमा ४३, वडाध्यक्षमा २३०, महिला सदस्यमा १७३, दलित महिला सदस्यमा १०९ र सदस्यमा ३५० जनाले उम्मेदवारी दिएको बताए ।
सातवटा गाउँपालिकाबाट पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य गरेर २३४ जना निर्वाचित हुने भए पनि हुम्लामा विभिन्न पदका लागि ९३६ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत पौडेलले बताए ।
यस्तै विभिन्न पदका लागि अदानचुलीमा १०४, खार्पुनाथमा १०८, चङ्खेलीमा १७६, ताँजकोटमा ११३, नाम्खा ८३, सर्केगाड २२५ र सिमकोटमा १२७ जनाले दर्ता गराएको जानकारी प्राप्त भएको छ । गाउँपालिका अध्यक्षका लागि सबैभन्दा बढी ताँजकोटमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न पदका सर्केगाडमा २२५ जनाको उम्मेदवारी दर्ता भएको छ भने सबैभन्दा कम नाम्खा गाउँपालिकामा ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण