मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संकटमा परेको संवैधानिक व्यवस्थाको रक्षाका लागि गठबन्धन : थापा

आइतबार, २७ कात्तिक २०७९, २१ : ४९
आइतबार, २७ कात्तिक २०७९

रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार केशवबहादुर थापाले संकटमा परेको संवैधानिक व्यवस्थाको रक्षाको लागि सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष थापाले व्यवस्था र संविधानको रक्षा, भ्रष्टाचार नियन्त्रण तथा परनिर्भरता अन्त्यको लागि आफूहरू आएको दाबी गरेका हुन् ।

बुटवलको वडा नं. ७ सैनामैनामा भएको चुनावी प्रचारका क्रममा  आइतबार बोल्दै थापाले  तनाशाही, निरंकुश अधिनायकवादी सोच भएका व्यक्तिले जिते भने प्राप्त उपलब्धिहरू गुम्ने खतरा भएको दाबी गर्दै त्यसबाट मुक्त रहनको लागि आफूहरूलाई मत दिन आग्रह गरे ।

उनले रोजगारी सिर्जनाको लागि औद्योगिकीकरण, युवालाई सीपसहितको शिक्षा, सर्वसुलभ स्वास्थ्य, न्यायालयमा सहज पहुँच स्थापित गर्ने पनि बताए । उनले एमाले उम्मेदवार विष्णु पौडेलले राजधानी सार्न सकिने गरी दिएको अभिव्यक्ति प्रति राजनैतिक बेइमानीको संज्ञा दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप