तुलसीपुरमा उम्मेदवार चढेको गाडी भित्र जन्मियो बच्चा
दाङमा उम्मेदवार चढेको गाडीमा एक महिलाले बच्चालाई जन्म दिएकी छन् । एमालेबाट उम्मेदवार घनश्याम पाण्डे चढ्ने स्कारपियो जिप भित्र तुलसीपुर उपमहानगरपालिका– १५ डुरुवा निवासी २४ वर्षकी सृजना चौधरीले शिशुलाई जन्म दिएको उनका श्रीमान प्रदीप चौधरीले जानकारी दिए । आफन्तसँग भेटघाटमा रहेका पाण्डेले सुत्केरी व्यथाले थलिएको खबर पाएपछि उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा सृजनाले बाटोमै छोरीलाई जन्म दिएकी हुन् ।
बा १२ च ३६२४ नम्बरको स्कारपियो जिपमा अस्पताल लग्दै गर्दा राति १० बजेर ५५ मिनेट जाँदा छोरीको जन्म भएको प्रदिपले जानकारी दिए । बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो भएको राप्ती प्रादेशिक अस्पताल अन्तर्गत प्रसूति गृहमा कार्यरत अनमी पुजना वलीले जानकारी दिइन् । सृजनाको यो दोस्रो सन्तान हो ।
तुलसीपुर उपमहानगरपालिका मातृ शिशु मृत्युदर शून्यमा झार्ने देशमै पहिलो स्थानीय पालिका हो । तुलसीपुर उपमहानगरापलिकामा ४ वर्षको अवधिमा करिब १८ हजार जनाले सुत्केरी सेवा लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण