एमाले ललितपुर क्षेत्र नम्बर १ को नेतृत्व सर्वसम्मत
ललितपुर – नेकपा एमाले क्षेत्र नम्बर १ मा तेस्रो क्षेत्रीय अधिवेशनबाट प्रभाकर थापाको नेतृत्वमा ५१ सदस्यीय क्षेत्रीय समिति सर्वसम्मत रुपमा चयन भएको छ ।
गत जेठ २९ र ३० गतेको अधिक प्रयासपछि नेतृत्व चयन गर्न सफल भएको निर्वाचन मण्डलका अध्यक्ष सुशीला नेपालले बताए ।
अधिवेशनले क्षेत्रीय उपाध्यक्षमा कवीन्द्र लामा, सचिवमा पुरुषोत्तम हुमागाईं, उपसचिवमा राजेन्द्र न्यौपानेलाई चयन गरेको छ । यसैगरी सदस्यमा दर्शनकुमार विष्ट, विष्णुहरि नकर्मी, रामकुमार केसी, मैया केसी, कुमार न्यौपाने, रवीन्द्र सिलवाल, चीन लामाल, धु्रव सापकोटा, लक्ष्मण न्यौपाने, गायत्री केसी, केशव गिरीलगायत रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष थापाले आफ्नो तीनवर्षे कार्यकालमा सङ्गठनलाई पूर्णरुपमा चलायमान बनाएर पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टीले दिएको निर्देशनलाई सदैव आत्मसात् गर्दै अघि बढ्ने सङ्कल्प गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण