सशस्त्र द्वन्द्वका घटनाको न्यायिक छानबिन हुन्छ – मन्त्री ढकाल
सोमबार, ३१ जेठ २०७३, १२ : ३९
सोलुखुम्बु - शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकालले सशस्त्र द्वन्द्वका बेला भएका घटनाको यथार्थ छानबिन हुने बताएका छन् ।
आज यहाँ आयोजित द्वन्द्वपीडित मृतक तथा बेपत्ता परिवारको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले सत्य निरुपण आयोगले उजुरी दर्ता गरिरहेको भन्दै त्यहाँ परेका उजुरीमाथि न्यायिक छानबिन हुने बताए । दोषी त्यत्तिकै उम्कन पाउँदैन भन्दै उनले आयोगबाट दोषी ठहरिएकालाई कानुनी कारबाही हुनेमा विश्वास गर्न आग्रह गरे ।
स्थानीय शान्ति समितिको आयोजनामा भएको सो कार्यक्रममा भाग लिन आउनुभएका मन्त्री ढकालले सम्मान कार्यक्रमअघि शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत जिल्ला सदरमुकाममा सञ्चालन भइरहेको विभिन्न निर्माण कार्यको अनुगमनसमेत गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण