‘बद्री बहादुर’को प्रचारमा कपिल शर्माको प्रयोग !
काठमाडौँ । नेपाली फिल्मकर्मी आफ्नो फिल्मको प्रचारमा विभिन्न फन्डा गर्न माहिर छन् । अझ निर्देशक शोभित बस्नेत यस्तो कुरोमा धेरै अगाडि मानिन्छन् । उनी निर्देशित पछिल्लो फिल्म हो ‘बद्री बहादुर’ । ‘बद्री बहादुर’को प्रचारमा बस्नेत अहिले कपिल शर्माको प्रयोग गरिरहेका छन् ।
बस्नेत केही अगाडि मुम्बई गएका थिए । सो क्रममा ‘कमेडी नाइट्स विथ कपिल’को सेटमा पुगेर कपिल शर्मालाई भेटेका उनले शर्मासँग आफ्नो फिल्मको शुभ–कामना भिडियो समेत बनाएका थिए ।
उक्त भिडियो अहिले फिल्मको ट्रेलरमा समेत राखिएको छ । जुन ट्रेलर बिहीबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको थियो । ट्रेलरमा मात्र होइन, बस्नेतले कपिलको फोटो फिल्मको पोस्टरमा पनि राखेका छन् ।
फिल्म ‘बद्री बहादुर’सँग कपिल कुनै कोणबाट पनि जोडिएको छैनन् । तर निर्माण युनिट भने प्रचारमा उनको तस्बिर र भिडियो प्रयोग गरिरहेका छन् । फिल्मको प्रचारमा कपिल शर्मालाई प्रयोग गर्नु कतिपयले दुरुपयोग भनेका छन्, भने कतिपय मौकामा चौका भन्छन् ।
फिल्म आगामी २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा जयकिशन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जङ्ग बस्नेत, धिरेन शाक्य, वर्षा चौलागाईं लगायतका कलाकारको अभिनय छ । रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण