बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘बद्री बहादुर’को प्रचारमा कपिल शर्माको प्रयोग !

शुक्रबार, ०९ चैत २०८०, १० : ५८
शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । नेपाली फिल्मकर्मी आफ्नो फिल्मको प्रचारमा विभिन्न फन्डा गर्न माहिर छन् । अझ निर्देशक शोभित बस्नेत यस्तो कुरोमा धेरै अगाडि मानिन्छन् । उनी निर्देशित पछिल्लो फिल्म हो ‘बद्री बहादुर’ । ‘बद्री बहादुर’को प्रचारमा बस्नेत अहिले कपिल शर्माको प्रयोग गरिरहेका छन् ।

बस्नेत केही अगाडि मुम्बई गएका थिए । सो क्रममा ‘कमेडी नाइट्स विथ कपिल’को सेटमा पुगेर कपिल शर्मालाई भेटेका उनले शर्मासँग आफ्नो फिल्मको शुभ–कामना भिडियो समेत बनाएका थिए ।

 उक्त भिडियो अहिले फिल्मको ट्रेलरमा समेत राखिएको छ । जुन ट्रेलर बिहीबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको थियो । ट्रेलरमा मात्र होइन, बस्नेतले कपिलको फोटो फिल्मको पोस्टरमा पनि राखेका छन् ।

फिल्म ‘बद्री बहादुर’सँग कपिल कुनै कोणबाट पनि जोडिएको छैनन् । तर निर्माण युनिट भने प्रचारमा उनको तस्बिर र भिडियो प्रयोग गरिरहेका छन् । फिल्मको प्रचारमा कपिल शर्मालाई प्रयोग गर्नु कतिपयले दुरुपयोग भनेका छन्, भने कतिपय मौकामा चौका भन्छन् । 

फिल्म आगामी २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा जयकिशन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जङ्ग बस्नेत, धिरेन शाक्य, वर्षा चौलागाईं लगायतका कलाकारको अभिनय छ । रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे निर्माता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप