सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

आइतबार, १८ चैत २०८०, २२ : ०१
आइतबार, १८ चैत २०८०

आज २०८० चैत १८ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा सत्ता गठबन्धनको बैठकमा माधव नेपालले राखे अडान, दुर्गा प्रसाईंले कसरी लिए हतियार राख्ने अनुमति ?, बागमतीका मुख्यमन्त्रीले पाउलान् विश्वासको मत ?, कर्णालीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने, संसद बैठक चलिरहँदा विद्युत अवरुद्ध भएपछि..., १७ वर्षमा पहिलो पटक महाधिवेशन सामना गर्दै उपेन्द्र यादव, खातामै पैसा नभए पनि बैंकले काट्यो लिँदै नलिएको सेवाको शुल्क लगायत छन् ।

१. सत्ता गठबन्धनको बैठकमा माधव नेपालले राखे अडान

प्रदेश सरकार भागबन्डाका लागि आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई एमाले र माओवादी केन्द्रले सत्ता प्राप्तिको भ¥याङ मात्र बनाउन खोजिएको भन्दै यथास्थितिमा सहयोग गर्न नसक्ने अडान लिएसँगै बैठक अनिर्णीत बनेको हो ।

२. दुर्गा प्रसाईंले कसरी लिए हतियार राख्ने अनुमति ?
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे गृह मन्त्रालयले छानबिन गरिरहेको छ । छानबिन समितिको संयोजन सहसचिव राजेन्द्रदेव पाण्डेले गरेका छन् । प्रसाईंले जिल्ला प्रशासन कार्यालय झापाबाट २०७५ असार २१ मा हतियारको इजाजतपत्र (लाइसेन्स) लिएका हुन् ।

३. बागमतीका मुख्यमन्त्रीले पाउलान् विश्वासको मत ?
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मतसम्बन्त्री प्रस्ताव पेस गर्ने भएका छन् । आइतबार बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई सोमबार संसदमा छलफल गराउने निर्णयसहित कार्यसूची तय गरेको हो । यद्यपि, सत्ता गठबन्धनमै रहेको नेकपा एकीकृत समाजवादीले अहिलेसम्म विश्वासको मत दिनेबारे ठोस निर्णय गरिसकेको छैन ।

४. कर्णालीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । मंगलबार विश्वासको मत लिनेगरी प्रदेश सचिवालयमा औपचारिक जानकारी आएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले रातोपाटीलाई जानकारी दिए । 

५. संसद बैठक चलिरहँदा विद्युत अवरुद्ध भएपछि...
आइतबार प्रतिनिधि सभाको बैठक सञ्चालन भइरहँदा नयाँ बानेश्वरस्थित संसद् भवनमा पटक–पटक विद्युत अवरुद्ध भएको छ । बत्ती जाँदा सभामा बोलिरहेका सांसदहरूले अप्ठ्यारो महसुस गरेका छन् । 

६. १७ वर्षमा पहिलो पटक महाधिवेशन सामना गर्दै उपेन्द्र यादव
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल यतिखेर पार्टीको प्रथम महाधिवेशनको तयारीमा जुटेको छ । जसपाले मधेस प्रदेशको जनकपुरमा जेठ २८ गतेदेखि प्रथम महाधिवेशन गर्ने भएको हो । जसपाका नेताहरू महाधिवेशनको तयारीमा जुटेका छन् । अध्यक्ष उपेन्द्र यादवले पार्टीको नेतृत्व सम्हालेको १७ वर्षपछि बल्ल महाधिवेशन सामना गर्न थालेका छन् ।

७. खातामै पैसा नभए पनि बैंकले काट्यो लिँदै नलिएको सेवाको शुल्क
ग्राहकको खातामा रकम नै नभए पनि सानिमा बैंकले सेवा शुल्कका नाममा रकम काट्दै एक हजार ६३२ रुपैयाँ ऋण बोकाएको तथ्य प्राप्त भएको छ । 

८. बीना मगरका कारण माओवादी सुदूरपश्चिममा असन्तुष्टि
वरिष्ठ नेताहरूलाई बाइपास गरी केन्द्रीय सदस्य बीना मगरलाई सहइन्चार्ज बनाएको भन्दै नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिमा विवाद देखिएको छ ।

९. नेपाली अम्रिसो भारतमा बजार खोज्दै
घरायसी प्रयोग र गाईबस्तुको घाँसका रूपमा उत्पादन हुँदै आएको अम्रिसो भारतीय बजारमा आफ्नो स्थान बनाउनतर्फ लागेको छ । नेपालको सबैजसो भूभागमा घरायसी प्रयोजनका लागि उत्पादन हुँदै आएको अम्रिसोको धेरैजसो जिल्लामा व्यावसायिक खेती हुन थालेपछि आन्तरिक आपूर्ति धानेर भारतीय बजारमा निर्यात हुन थालेको हो ।

१०. अब एक घण्टामै श्रम स्वीकृति
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि एक घण्टामै श्रम स्वीकृति दिन थालिएको छ । श्रम स्वीकृतिमा ढिलाइ हुँदा श्रमिकहरूले खेप्नु परिरहेको बाध्यता अन्त्य गर्दै एक घण्टामै श्रम स्वीकृति दिन थालिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप