१० बजे, १० समाचार
आज २०८१ असार ३० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा चौथो पटक प्रधानमन्त्री बने ओली, कांग्रेस र एमालेबिच मन्त्रालय भागबण्डा, बिदा हुँदै मन्त्रीहरूले के भने ?, कामचलाउ प्रधानमन्त्री प्रचण्डका दुई दिन कसरी बित्यो ?, नदीमा बेपत्ता बस र यात्रुको खोजीको दायरा बढाइयो, सरकार परिवर्तनसँगै सेयर बजारमा उत्साह, ठमेलबाट २० करोडभन्दा बढी रकमको कोकिन बरामद, सरकार फेरिएसँगै के होला विद्युत प्राधिकरण र उद्योगीबिचको विवाद ? लगायत छन् ।
१. चौथो पटक प्रधानमन्त्री बने ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ भने सोमबार हुने भएको छ ।
२. कांग्रेस र एमालेबिच मन्त्रालय भागबण्डा
सत्ता गठबन्धन गरेका नेपाली कांग्रेस र नेकपा एमालेबिच मन्त्रालयको भागबण्डा भएको छ । जसअनुसार कांग्रेसको भागमा ९ र एमालेको भागमा ८ मन्त्रालय परेको छ ।
३. बिदा हुँदै मन्त्रीहरूले के भने ?
काम चलाउ सरकारका केही मन्त्रीले आइतबार पत्रकार सम्मेलन गरी आफ्ना भनाइ सार्वजनिक गरेका छन् । गृहमन्त्रीबाट बिदा भएका रवि लामिछानेदेखि खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसम्मले आफ्ना भनाइ राखेका हुन् ।
४. कामचलाउ प्रधानमन्त्री प्रचण्डका दुई दिन कसरी बित्यो ?
कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिन सरकारको नियमित काम आफ्नो निजी निवासबाटै सञ्चालन गरे । कुनै औपचारिक कार्यक्रममा सहभागी नभएका उनले सुरक्षा निकायका प्रमुख लगायत विभिन्न व्यक्तिसँग भेटघाट गरेका छन् ।
५. नदीमा बेपत्ता बस र यात्रुको खोजीको दायरा बढाइयो
त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बस र त्यसमा सवार यात्रुको खोजीको दायरालाई बढाइएको छ । चितवन महानगरपालिका–२९ स्थित सिमलतालबाट गोलाघाटसम्म खोज केन्द्रित गरिएको हो ।
६. सरकार परिवर्तनसँगै सेयर बजारमा उत्साह
साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ५२.९७ अङ्कले बढेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढलेपछिको पहिलो कारोबार दिन सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको हो ।
७. ठमेलबाट २० करोडभन्दा बढी रकमको कोकिन बरामद
ठमेलस्थित एक होटलबाट ठुलो परिणाममा लागु औषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मलेसियाकी ४७ वर्षीय बाथुमालाई भाडिभालु छिन् ।
८. सरकार फेरिएसँगै के होला विद्युत प्राधिकरण र उद्योगीबिचको विवाद ?
सत्ता राजनीतिले कोल्टे फेरेसँगै विद्युत प्राधिकरण र उद्योगीबिचको विद्युत् वक्यौता भुक्तानीको विवाद के होला भन्नेबारे चासो बढेको छ ।
९. न्यूरोडको फुटपाथ निर्माण गर्न बाटो खुल्यो
काठमाडौँ महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको कामले निरन्तरता पाउने भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आज महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि सुचारु गर्ने बाटो खुलेको हो ।
१०. विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका अधिकांश शिक्षण संस्था नियम विपरीत सञ्चालित
विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिइ नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने ५९ वटा शिक्षण संस्थामध्ये अधिकांश नियम विपरीत सञ्चालनमा रहेको पाइएको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण