इरानका लागि जासुसी गर्ने सात इजरायली पक्राउ
तेल अभिभ । इरानका लागि जासुसी गरेको आरोपमा इजरायलमा ७ इजरायली नागरिक पक्राउ परेका छन् । टाइम्स अफ इजरायलका अनुसार पक्राउ पर्नेहरूमाथि दुई वर्षसम्म इरानका लागि जासुसी गरेको र उसका लागि सयौँ काम गरेको आरोप छ ।
‘यो सबैभन्दा गम्भीर घटना मध्ये एक हो’ इजरायलका एक प्रहरी प्रवक्ताले भनेका छन् । यसका लागि उनीहरूलाई मृत्युदण्ड हुन सक्ने बताइएको छ । यी सबै अभियुक्त हाइफा वा उत्तरी इजरायलका बासिन्दा हुन् । यिनीहरूमा केही वर्षअघि सेनाबाट भागेका सिपाही पनि रहेको बताइएको छ । दुई जना भने १६–१७ वर्षका नाबालिग पनि छन् । तर यिनीहरूको परिचय भने खुलाइएको छैन ।
यिनीहरूले दुई वर्षमा करिब ६०० वटा मिसन पूरा गरेको अधिकारीहरूको भनाई छ । आरोपीहरूले पैसाको लोभमा इरानका लागि गुप्तचर सूचना सङ्कलन गर्ने गरेको बताइएको छ ।
आरोपीहरूले इरानलाई इजरायलको सैन्य अड्डा र आणविक हतियार र गोलाबारुदको जानकारी दिएको भनिएको छ । उनीहरूले दिएको जानकारीका आधारमा इरानले इजरायलका धेरै ठाउँमा आक्रमण पनि गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण