इरानका लागि जासुसी गर्ने सात इजरायली पक्राउ

तेल अभिभ । इरानका लागि जासुसी गरेको आरोपमा इजरायलमा ७ इजरायली नागरिक पक्राउ परेका छन् । टाइम्स अफ इजरायलका अनुसार पक्राउ पर्नेहरूमाथि दुई वर्षसम्म इरानका लागि जासुसी गरेको र उसका लागि सयौँ काम गरेको आरोप छ ।
‘यो सबैभन्दा गम्भीर घटना मध्ये एक हो’ इजरायलका एक प्रहरी प्रवक्ताले भनेका छन् । यसका लागि उनीहरूलाई मृत्युदण्ड हुन सक्ने बताइएको छ । यी सबै अभियुक्त हाइफा वा उत्तरी इजरायलका बासिन्दा हुन् । यिनीहरूमा केही वर्षअघि सेनाबाट भागेका सिपाही पनि रहेको बताइएको छ । दुई जना भने १६–१७ वर्षका नाबालिग पनि छन् । तर यिनीहरूको परिचय भने खुलाइएको छैन ।
यिनीहरूले दुई वर्षमा करिब ६०० वटा मिसन पूरा गरेको अधिकारीहरूको भनाई छ । आरोपीहरूले पैसाको लोभमा इरानका लागि गुप्तचर सूचना सङ्कलन गर्ने गरेको बताइएको छ ।
आरोपीहरूले इरानलाई इजरायलको सैन्य अड्डा र आणविक हतियार र गोलाबारुदको जानकारी दिएको भनिएको छ । उनीहरूले दिएको जानकारीका आधारमा इरानले इजरायलका धेरै ठाउँमा आक्रमण पनि गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक
-
नेपाल धितोपत्र बोर्डमा पस्यो अख्तियार, उच्च अधिकारीसँग ५ घण्टा सोधपुछ
-
विपद् व्यवस्थापनको सचेतनाका लागि पाँच भाषामा सन्देश निर्माण गर्दै प्राधिकरण
-
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई सय बढी प्रत्यक्ष लाभान्वित
-
बागमती प्रदेशमा मनाइयो भाषा दिवस
-
हेटौँडा गाडी भासिएको घटनाः ५ स्थानको ६० बढी नमुना बोकेर फर्कियो टोली