गण्डकी प्रशिक्षण प्रतिष्ठानमा तिवारी नियुक्त
बिहीबार, ११ वैशाख २०८२, ०६ : ५१
पोखरा । गण्डकी प्रदेशको प्रशिक्षण प्रतिष्ठानमा सुरेन्द्रबाबु तिवारी नियुक्त भएका छन् । उम्मेदवार सिफारिस समितिको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तिवारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
उनी सहरी योजना आयोग पोखराका निवर्तमान सदस्य हुन् भने विभिन्न कलेजमा अध्यापन गरेको अनुभव छ । सिफारिस समितिले तिवारीसँगै भानु पराजुली र श्रीकृष्ण पौडेलको नाम सिफारिस गरेको थियो ।
नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति सरकारले नै गठन गरेको थियो । आवेदन खुलेपछि १४ जनाले आवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण