आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार : भिजिट भिसाको प्रश्नले चिढिए प्रचण्ड, इजरायलमा स्थिति गम्भीर

शनिबार, ३१ जेठ २०८२, २२ : ००
शनिबार, ३१ जेठ २०८२

काठमाडौँ । आज मिति २०८२ साल जेठ महिनाको ३१ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–

  • रिसाएका प्रचण्ड

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूको प्रश्नमा झर्को माने । सधैँ नम्र र सरल तरिकाले पत्रकारको प्रश्नको सामना गर्ने र जवाफ दिने गरेका प्रचण्ड सुरुकै प्रश्नबाट चिढिएका थिए ।

  • शिक्षा समिति बैठक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमा ३३ बुँदे धारणा राखेको छ । शनिवार बसेको शिक्षा समिति बैठकमा शिक्षामन्त्री रघुजी पन्तले शिक्षा मन्त्रालयले तयार पारेको ३३ बुँदे धारणा राखेका हुन् । 

  • प्रदेश

सबै प्रदेशहरुले आगामी आर्थिक वर्षका लागि बजेट ल्याउँदैछन् । यस्तो छ उनीहरुको तयारी :

  • बैंकले घटाए निक्षेपको ब्याजदर

असार महिनाका लागि वाणिज्य बैंकहरुले बचत तथा मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले शनिबार सार्वजनिक गरेको मासिक ब्याजदर तालिका अनुसार जेठ महिनाको तुलनामा असार महिनाका लागि अधिकांश बैंकले ब्याजदर घटाएका हुन् । 

  • इरान इजरायल तनाव

 इजरायलका नेपाली राजदूत डा. धनप्रसाद पण्डितले इजरायल र इरानबिचको युद्धले अवस्था गम्भीर बनेको बताएका छन् । रातोपाटीसँग कुराकानी गर्दै राजदूत पण्डितले लगातारको मिसाइल आक्रमणका कारण त्रासको वातावरण बनिरहेको बताएका हुन् । 

  • न्यायाधीश नियुक्ति

 संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस ३ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।  सिंहदरबारमा शनिबार बसेको समिति बैठकले न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेका तीनै जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । 

  • प्राध्यापकहरूको आन्दोलन

त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले उपकुलपति, रेक्टर, रजिष्ट्रार कार्यालय र सेवा आयोगमा ताला लगाएका छन् । सेवा आयोगले फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्तिका लागि विज्ञापन आह्वान गरेपछि आंशिक प्राध्यापकहरूले ताला लगाएका हुन् । 

  • प्रथम नेपाली महिला

‘प्रथम नेपाली महिला’ शृङ्खलाको २५ औँ एपिसोड कोइलीदेवी माथेमाका सम्बन्धमा छ । कोइलीदेवी नेपाली गीत, सङ्गीतको क्षेत्रमा बहुचर्चित नाम हो । प्रथम नेपाली महिला सङ्गीतकार हुने श्रेय उनले प्राप्त गरेकी छिन् । 

  • शनिबार विशेष
  • फोटोफिचर

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप