शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

अख्तियारको सेलेक्टिभ न्याय : ‘ठुला माछा’ फसेको काण्डमा यसरी उम्किए रामदेव र बालकृष्ण

शुक्रबार, ०६ असार २०८२, १४ : ५१
शुक्रबार, ०६ असार २०८२

समाचार सारांश

  • पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल हदबन्दी छुट प्रकरणमा मुछिएपछि सांसद पदबाट निलम्बनमा परेका छन्।
  • अख्तियारले ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाल निलम्बनमा परेका हुन्, तर मुख्य सञ्चालकलाई उन्मुक्ति दिइएको आरोप छ।
  • पतञ्जलि योग पीठका सञ्चालक रामदेव र बालकृष्णलगायतका भारतीय नागरिकलाई मुद्दा नचलाइएको पाइएको छ।

काठमाडौँ । पतञ्जलि योग पीठको जग्गामा हदबन्दी छुट प्रकरणमा पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यतिबेला सांसदबाट निलम्बन अवस्थामा छन् ।

उनीसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको पद स्वतः निलम्बन भएको हो । अख्तियारको यो कदमलाई भ्रष्टाचारमा अहिलेसम्मकै ठुलो माछा समातेको रुपमा अर्थ्याइँदै आएको छ । 

तर, यही केसमा पर्याप्त प्रमाण हुँदाहुँदै पनि मुख्य सञ्चालकहरूलाई जानीजानी उन्मुक्ति दिएको पाइएको छ । पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनी नेपालका संरक्षक र सञ्चालक रहेका भारतीय नागरिकमाथि मुद्दा नचलाइएको हो । 

कम्पनी रजिस्टारको कार्यालयले श्री पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनी नेपाल नामको कम्पनी २०६४ साल असोज २० गते दर्ता गरेको देखिएको छ र उक्त कम्पनीको संस्थापक सञ्चालकहरूमा पाँच जनाको नाम रहेको प्राप्त विवरणमा उल्लेख छ ।

उक्त कम्पनीको संरक्षक सञ्चालकमा समाजसेवी योग गुरु स्वामी श्री रामदेव रहेको त्यो बेलाको कम्पनी रजिष्ट्रार कार्यालयको लगत अभिलेख देखिन्छ । रामदेवको उनको भारतीय पासपोर्ट जेड–१३३९०५० रहेको हो । उनको ठेगाना पतञ्जलि योग पीठ बहादरावाद, हरिद्वार भारत उल्लेख गरिएको छ । 

pp

सोही समयमा कम्पनीको अध्यक्ष आचार्य बालकृष्ण रहेको पाइएको छ । नेपालमा जन्मिएका उनले स्वामी शंकरदेव, पतञ्जलि योग पीठ बहादरावाद, हरिद्वार भारत ठेगाना राखेका छन् । उनले अभिलेखमा पनि भारतीय पासपोर्ट नै उल्लेख गरेका छन् । उनको भारतीय पासपोर्ट नम्बर जेड–११७९०१ रहेको छ । 

उक्त कम्पनीका अर्का सञ्चालकहरूमा महन्त राजेन्द्र दास, राजेन्द्र सिंह र शालिग्राम सिंह रहेका छन् । त्यसमध्ये राजेन्द्र सिंह मात्रै नेपाली हुन् । 

काठमाडौँ महानगरपालिका–७ सिफल ठेगाना रहेका सिंहविरुद्ध मात्रै अख्तियारले मुद्दा चलाएको छ । अरू मुख्य चारजनाविरुद्ध भने मुद्दा नै नचलाई उन्मुक्ति दिएको छ ।

patanjali2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप