असार १५ मा विद्यालय शिक्षा विधेयक नआउने, कहिले सकिन्छ नारायणगढ–बुटवल सडकको काम ?
काठमाडौँ । दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा आज पनि हामी ‘१२ बजे १२’ समाचार लिएर उपस्थित भएका छौँ–
१. विद्यालय शिक्षा विधेयक
विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस हुन अझै केही दिन लाग्ने भएको छ । नेपाल शिक्षक महासङ्घ र सरकारबिच गत वैशाख १७ गते भएको सहमति अनुसार असार १५ गते (भोलि आइतबार) प्रतिनिधिसभाबाट विधेयक पारित गर्ने भनिएको थियो । तर, विधेयकमाथिको छलफल नसकिएपछि विधेयक पेस गर्ने समय केही दिन पर धकेलिने भएको हो ।
२. नारायणगढ–बुटवल सडकखण्ड
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा भइरहेको ढिलाइका कारण सास्ती खेपिरहेका सर्वसाधारण तथा यात्रुले तत्काल राहत नपाउने भएका छन् । तेस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिने छ । म्याद सकिनै लाग्दा भौतिक प्रगति जम्मा ६९ प्रतिशतमा सीमित भएपछि सरकारले चौथो पटक म्याद थपको तयारी गरेको छ ।
३. जनमतले मधेस सरकारको नेतृत्व तत्काल नछोड्ने
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेस सरकारको नेतृत्व तत्काल नछोड्ने बताएका छन् । बजेटप्रति असन्तुष्टि रहे पनि तत्कालै मधेस प्रदेश सरकार भने अहिले नछाड्ने उनको प्रस्टोक्ति छ ।
४. नागरिकताा विधेयक
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभा बैठकबाट पारित भएको छ । शनिबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले बैठकमा पेस गरेको नेपाल नागरिकता दोस्रो संशोधन विधेयक बहुमतले पारित भएको हो ।
५. विद्याको कम्ब्याक
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गरेकी छन् । जननेता मदन भण्डारीको ७४ औँ जन्म जयन्तीका अवसरमा शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।
६. मदन भण्डारीको ७४ औँ जन्म जयन्ती
आज असार १४ । तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७४ औँ जन्मजयन्ती । यसै सन्दर्भ एमालेले देशभर विभिन्न कार्यक्रम गरेर मदन भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण गर्न खेलेको भूमिकाको स्मरण गरेको छ । मदन भण्डारी फाउन्डेसनको आयोजनामा काठमाडौँको राष्ट्रिय सभागृहमा शनिबार विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत एमालेका शीर्ष नेताहरू सहभागी भएका थिए ।
७. प्रधानमन्त्री स्पेन प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभिया सहरमा आयोजना हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन शनिबार स्पेन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली २९ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन गएका हुन्।
८. वेथिति
सप्तरीको राजविराजमा २०६५ सालमा भारतीय दूतावासको सहयोगमा निर्माण सम्पन्न भएको महेन्द्र विन्देश्वर बहुमुखी क्याम्पसको कन्या छात्रावासको भुक्तानी यतिवेला मधेस प्रदेश सरकारले गर्दैछ । मधेस सरकारले आर्थिक वर्ष २०८२/०८३ को रेडबुकमा सो बक्यौता रकम भुक्तानी गर्ने उल्लेख गरेको छ । कन्या छात्रावास निर्माण समितिलाई दिन बाँकी रकम प्राविधिक मूल्याङ्कन अनुसार एक करोड ८० लाख भुक्तानी दिने रेड बुकमा उल्लेख छ ।
९. मनमोहन प्राविधिक विश्वविद्यालय
कोशी प्रदेशको मोरङस्थित बुढीगंगामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालय परिसरमा प्रवेश गर्दा ठुला आशाको सञ्चार हुन्छ । एकातिर, प्रयोगशालाहरूमा हानिकारक ब्याक्टेरियालाई नष्ट गर्ने फाइदाजनक भाइरस (ब्याक्टेरियोफेज) माथि अनुसन्धान अन्तिम चरणमा पुगेको छ । अर्कोतिर, नेपालकै जडीबुटी प्रयोग गरेर मधुमेह नियन्त्रण गर्ने औषधि विकास गर्ने काम द्रुत गतिमा अघि बढिरहेको छ ।
१०. युवा संघ नेपाल लुम्बिनी
नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनीको अध्यक्षमा रुपन्देहीका कृष्ण थापा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न भएको प्रदेश भेलाले थापाको अध्यक्षतामा ४५ सदस्यीय युवा सङ्घको प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
११. फोटोफिचर
१२. शनिबार विशेष
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण