चेल्सी फिफा क्लब विश्वकपको सेमिफाइनलमा, फ्लुमिनेन्सेसँग भिड्ने
सारांश
- चेल्सीले फिफा क्लब विश्वकपको सेमिफाइनलमा स्थान बनायो, पाल्मेराइसलाई २-१ गोलले हरायो।
- कोल पाल्मरले चेल्सीलाई अग्रता दिलाए, एस्तेभाओले बराबरी गोल फर्काए, र आत्मघाती गोलले चेल्सीको जित सुनिश्चित गर्यो।
- एस्तेभाओ अब चेल्सीमा अनुबन्धित हुनेछन्, जोआओ पेड्रोले डेब्यु गरे, र लियाम डेलाप सेमिफाइनलका लागि निलम्बित भए।
फिलाडेल्फिया । प्रिमियर लिग क्लब चेल्सीले फिफा क्लब विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ। ब्राजिलियन क्लब पाल्मेराइसलाई २-१ गोलले पराजित गर्दै चेल्सीले सेमिफाइनल यात्रा तय गरेको हो ।
खेलको १६ औं मिनेटमा कोल पाल्मरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। हाफ टाइमपछि एस्तेभाओ विलियनले बराबरी गोल फर्काए । एस्तेभाओले आफू अब जोडिन लागेको क्लबविरुद्ध नै गोल गरेका हुन्।
खेलको ८३ औँ मिनेटमा मालो गुस्टोको क्रस डिफेन्डर गिया अगुस्टिनलाई लागी आत्मघाती गोलमा परिणत भएपछि चेल्सीले जित सुनिश्चित गर्यो।
यस खेलमा धेरैजसो हेडलाइन ब्राजिलका युवा सनसनी एस्तेभाओले नै पाउनेछन् । उनले ५३ औं मिनेटमा साँघुरो कोणबाट उत्कृष्ट बराबरी गोल गरेका थिए। १८ वर्षीय यी ब्राजिलियन अन्तर्राष्ट्रिय खेलाडी अब चेल्सी जानेछन् । यो सम्झौता ५२ मिलियन पाउण्डसम्मको हुन सक्नेछ।
यसैबिच, चेल्सीले ५५ मिलियन पाउण्डमा दुई दिनअघि मात्र ब्राइटनबाट भित्र्याएका जोआओ पेड्रोलाई डेब्यु गरायो। यता, लियाम डेलापले अर्को पहेँलो कार्ड पाएकाले उनी सेमिफाइनलका लागि निलम्बित भएका छन् भने कप्तान रिस जेम्सले वार्मअपका क्रममा चोटग्रस्त बनेका छन्।
चेल्सीले अब मंगलबार न्यु जर्सीको मेटलाइफ स्टेडियममा फ्लुमिनेन्सेसँग सेमिफाइनल खेल्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण