कालोमोसो छ्यापिएपछि जनमतका दुई नेताविरुद्ध प्रहरीमा उजुरी
सोमबार, ३० असार २०८२, १४ : ५०
सारांश
- जनमत पार्टीबाट निलम्बित नेताहरूले पार्टीकै दुई नेताविरुद्ध प्रहरीमा उजुरी दिएका छन्।
- निलम्बित उपाध्यक्ष दीपक साह, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव र नेता विरेन्द्र साहमाथि कालोमोसो छ्यापिएको थियो।
- उपाध्यक्ष साहले अध्यक्ष सिके राउतको निर्देशनमा मोसो छ्यापिएको र ज्यान मार्ने धम्की आएको बताए।
काठमाडौँ । जनमत पार्टीका निलम्बित नेताहरूले प्रहरीमा उजुरी दिएका छन् । पार्टीबाट निलम्बित उपाध्यक्ष दीपक साह, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव, नेता विरेन्द्र साहलले आफूमाथि कालोमोसो छ्यापिएको भन्दै उनीहरुले सोमबार जनमत पार्टीका दुई जना नेताविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका हुन् ।
आइतबार बारा क्षेत्र नम्बर २ जनमत पार्टीका निलम्बित उपाध्यक्ष साह, कोषाध्यक्ष यादव, नेता साहमाथि जनमत पार्टीकै नेता विकासकुमार सिंह र रामबाबु साहले कालोमोसो छ्यापेका बताइएको छ ।
उपाध्यक्ष साहले पार्टी अध्यक्ष डा.सिके राउतको निर्देशनमा आफूहरूमाथि कालोमोसो छ्यापिएको निलम्बित उपाध्यक्ष साहले बताए । उनले आफूहरूमाथि ज्यान मार्ने धम्की समेत आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण