नेविसंघका उपत्यकाका पूर्वअध्यक्षहरूले महाधिवेशनका लागि दबाब दिने
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घ नेविसंघ का उपत्यकामा रहेका क्याम्पसहरूका पूर्वअध्यक्षहरूले सङ्गठनको महाधिवेशनका लागि दबाब दिने भएका छन् ।
नेविसंघका २०६८ सालदेखि ०७३ सालसम्म अध्यक्ष रहेका रञ्जित कर्णको आह्वानमा बुधबार बसेको भेलाले तीन निर्णय गरेको हो । भेलाले त्यसबेलाका विभिन्न तहका अध्यक्षहरूको राष्ट्रिय भेला गर्ने, पार्टीका भ्रातृ संस्थाहरूको महाधिवेशन गर्न पार्टीलाई दबाब दिने र कांग्रेसका भ्रातृ सङ्गठनहरूलाई अझ वैचारिक बनाउन पहल गर्ने निर्णय गरेको कर्णले जानकारी दिए ।
भेलामा त्यो बेलाका त्रिभुवन विश्वविद्यालय अध्यक्ष शंकर पौडेल, शंकरदेव क्याम्पस अध्यक्ष हरिश भण्डारी, ललितपुर जिल्ला अध्यक्ष अजय श्रेष्ठ, ग्रामीण क्याम्पस अध्यक्ष सुशील भट्ट, पब्लिक युथ क्याम्पस अध्यक्ष सुशील तिमिल्सिना, आर आर क्याम्पस अध्यक्ष लिला भट्टराई, विश्वभाषा क्याम्पस अध्यक्ष प्रकाश रावल, नेपाल ल क्याम्पस अध्यक्ष रन्जिता कार्की, नेपाल कमर्स क्याम्पस अध्यक्ष गोपाल चौलागाईं लगायतको दुई दर्जन बढी क्याम्पसका अध्यक्षहरूको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण