१२ बजे १२ समाचार: लिपुलेक विवाददेखि राप्रपामा किचलाेसम्म
सारांश
- भारत र चीनबीच लिपुलेक हुँदै सीमा व्यापार पुनः खुल्ला गर्ने सहमति भएको छ, जसलाई नेपालले आफ्नो भूभागको विषयमा स्पष्ट पारेको छ।
- उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारीको सत्तारुढ नेपाली कांग्रेसभित्रै विरोध भएको छ।
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको आन्तरिक समस्याका विषयमा दोस्रो पत्र दिएको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. लिपुलेक विवाद
भारत र चीनबिच लिपुलेक हुँदै सीमा व्यापार पुनः खुल्ला गर्ने सहमति गरेको छ । चिनियाँ विदेश मन्त्री वाङ यीको भारत दुई दिने भारत भ्रमणका क्रममा यो सहमति भएको हो ।
२. उपसभामुख हटाउने तयारी
उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयासले बुधबार पनि राष्ट्रिय राजनीति तात्यो । पदीय आचरणविपरीत काम गरेको भन्दै उपसभामुख रानालाई हटाउने तयारीको सत्तारुढ नेपाली कांग्रेसभित्रै विरोध भएको छ ।
३. तर्किन्छन् युवा
नेकपा एमालेमा नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणका सन्दर्भमा बेलाबखत बहस हुने गर्दछ । एउटै व्यक्ति अनिश्चितकालसम्म नेतृत्वमा रहन नपाओस् भनेर विधानमै ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था गरिए पनि ती व्यवस्थालाई निलम्बन गर्दै एमालेमा नेतृत्व परिवर्तनको ढोका साँघुरो बनाइएको छ ।
४. यसरी जन्मिएको थियो कर्णाली प्रदेश
‘सुदूरपश्चिम जाँदैनौँ, मध्यपश्चिम छाड्दैनौँ, सुर्खेतलाई प्रदेश राजधानी घोषणा गर, बरु रोटी खाँदैनौँ, हामी डोटी जाँदैनौँ, हाम्रो पहिचान मास्न पाइँदैन ।’
०७२ साल साउन २३ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरका सडकहरूमा यस्तै नारा गुन्जिन थाले । सिंहदरबारमा बसेर कोरिएको प्रदेशको नक्साले मध्यपश्चिमवासीको मनमा आगो सल्काइदिएपछि त्यसविरुद्ध ‘अखण्ड मध्यपश्चिम’का नारा गुन्जिन थालेका थिए ।
५. नेपालमाथि भारतको गोल वर्षा
६.राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको आन्तरिक समस्याका विषयमा दोस्रो पत्र दिएको छ ।
७. गौर हत्याकाण्ड
भदौ २ मा सर्वोच्च अदालतले १९ वर्षअघिको गौर हत्याकाण्डबारे अनुसन्धान अघि बढाउन परमादेश जारी गर्यो । तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष (हाल जसपा नेपालका अध्यक्ष) उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको छ ।
८. प्रशासनिक पुनर्संरचना
साउन २६ गते बसेको गण्डकी मन्त्रिपरिषद् बैठकको निर्णयलाई सामाजिक सञ्जालमा शेयर गर्दै संविधानविद् खिमलाल देवकोटाले गण्डकी प्रदेश सरकार, विशेषगरी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई धेरै–धेरै बधाई भनेर लेखे । प्रशासनिक पुनर्संरचनाबारे अन्य प्रदेशमात्रै नभएर संघीय सरकारले पनि गण्डकीबाट सिक्न जरुरी रहेको उनको भनाइ थियो ।
९.अदालतको पनि हुर्मत
संविधानको व्याख्या कसले गर्ने भन्ने प्रश्न फेरि एक पटक उब्जिएको छ । कानुनका विद्यार्थी तथा संविधानका धारा पल्टाएर हेर्न जान्ने सामान्य शिक्षित वर्गका लागि यो प्रश्न औचित्यहीन जस्तो लाग्न सक्छ । किनकि संविधानको व्याख्या कसले गर्ने भनेर संविधानमा तोकिएकै छ ।
१०. फरक मत
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले)ले सक्रिय राजनीतिमा फर्कन केन्द्रीय कमिटीले बन्देज गरेको निर्णयविरूद्धको फरक मत ‘अपानि’ (अन्तरपार्टी निर्देशन)मा समावेश नभएपछि उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पार्टीको पुनः ध्यानाकर्षण गराएका छन् ।
११. गाडी भाडा
दसैँका लागि सार्वजनिक यातायातको अग्रिम बुकिङ खुल्छ । त्यसअघि भाडा समायोजनको जहिल्यै उठ्ने गरेको छ । यस वर्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल चाडपर्वको मुखमा सवारीको भाडादर समायोजन नगर्ने पक्षमा छन् । तर यातायात व्यवसायीहरु चैत मसान्तभित्रै हुनुपर्ने भाडा समायोजन अहिलेसम्म नभएको भन्दै रुष्ट छन् ।
१२. नाडा अटो शो
दसैँमा नयाँ सामान किन्ने त नेपालीहरुको परम्परा नै हो । आफ्नो आर्थिक क्षमताले भ्याउनेहरुले दसैंकै अवसर पारेर नयाँ गाडी खरिद गर्ने चलन बढ्दो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण