लिपुलेक सम्झौता खारेज गर्न राष्ट्रिय जनमोर्चाको माग, गाजामाथि इजरायली आक्रमणको भर्त्सना
सारांश
- राष्ट्रिय जनमोर्चाले लिपुलेक सम्झौता खारेज गर्न माग गरेको छ, जसलाई नेपालको सार्वभौमसत्तामाथिको हस्तक्षेप ठानिएको छ।
- जनमोर्चाले गाजामा इजरायली आक्रमणको भर्त्सना गर्दै कालापानीबाट भारतीय सेना फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ।
- पार्टीले शिक्षा र स्वास्थ्यको निजीकरणको विरोध गर्दै निजी मेडिकल कलेजका लागि सिट बढाउने निर्णय फिर्ता लिन माग गरेको छ।
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले लिपुलेकसम्बन्धी भारत–चीनबीच भएको सहमतिलाई नेपालको सार्वभौमसत्ता र अखण्डतामाथिको हस्तक्षेप भन्दै खारेज गर्न माग गरेको छ। साथै पार्टीले गाजामाथि भइरहेको इजरायली आक्रमणको कडा शब्दमा भर्त्सना गरेको छ।
पार्टीले बिहीबार जारी गरेको वक्तव्यमा दार्चुलाको कालापानीसहितको भूभाग नेपालको अविभाज्य हिस्सा भए पनि लामो समयदेखि भारतले त्यस क्षेत्रमा सैन्य कब्जा जमाइरहेको जनमोर्चाले आरोप लगाएको छ। भारतको प्रभुत्वलाई वैधानिकता दिने गरी चीनले समेत लिपुलेकलाई व्यापारिक नाका बनाउन सहमति जनाउनु 'नेपालको सार्वभौमिकतामाथि ठाडो आक्रमण' भएको जनमोर्चाले उल्लेख गरेको छ।
जनमोर्चाले कालापानीमा भारतीय सेना फिर्ता गराउन सरकारलाई अन्तर्राष्ट्रियकरणको पहल गर्न आग्रह गरेको छ।
यस्तै, वक्तव्यमा इजरायली सरकारद्वारा गाजामा बढाइएको आक्रमणलाई प्यालेस्टिनी जनतालाई राज्यविहीन बनाउन खोजिएको प्रयास भन्दै भर्त्सना गरिएको छ। पार्टीले संयुक्त राष्ट्रसंघद्वारा प्रस्तावित दुई राष्ट्रको अवधारणालाई समर्थन गर्ने र प्यालेस्टिनी जनताको स्वतन्त्र राष्ट्र निर्माणलाई समर्थन गर्ने जनाएको छ।
त्यसैगरी, संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा र स्वास्थ्यलाई सरकारले निजीकरणतर्फ धकेलिरहेको आरोप लगाउँदै जनमोर्चाले हालै सरकारले निजी मेडिकल कलेजका लागि मात्रै सिट बढाउने निर्णय फिर्ता गर्न माग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण