१० बजे १० समाचार : प्रधानमन्त्रीको दौडधुप सुरु, जेनजी आन्दोलनबारे भारतमा चर्चा
काठमाडौँ । रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा हामी सधैँझैँ आज पनि हामी १० बजे १० समाचार लिएर आएका छौँ–
- प्रधानमन्त्रीको दौडधुप
नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले हालैको जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूको स्वास्थ्य अवस्था बुझ्न विभिन्न अस्पतालहरूमा पुगेकी छिन्।
- बधाईको ओइरो
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालमा तीनवटा भाषामा सन्देश पोस्ट शुभकामना व्यक्त गरेका हुन्।
- जेनजी आन्दोलन
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा अन्तरिम सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै महिला सशक्तीकरणको उत्कृष्ट उदाहरण भएको उल्लेख गरेका छन्।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालमा देखिएको हालको अवस्थाबारे आफ्नो पहिलो प्रतिक्रिया दिँदै साना विषयलाई बेवास्ता गर्दा ठुलो सङ्कट उत्पन्न हुनसक्ने चेतावनी दिएका छन्।
नेपाल सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि सुरु भएको आन्दोलनले राजनीतिक संकट उत्पन्न गरेको थियो। यसैबिच, देशको अन्तरिम सरकारको नेतृत्व चयन गर्नका लागि एक लाखभन्दा बढी युवाले ‘डिस्कर्ड’ नामक च्याट एपमा भेला भएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीको रूपमा चयन गरे।
गत सोमबार काठमाडौँमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आज बौद्ध स्तूपमा दीप प्रज्वलन गरिएको छ।
- जुर्मुराउँदै निजी क्षेत्र
जेनजी पुस्ताले भदौ २३ गते गरेको प्रदर्शनमा सुरक्षाकर्मीको प्रयोगले ठुलो मानवीय क्षति हुँदा भोलिपल्ट आन्दोलन थप हिंसात्मक बन्यो । प्रदर्शनकारीहरू थप आक्रोशित हुँदै विध्वंसमा उत्रिँदा निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी गरे ।
- दलहरुको आपत्ति
प्रमुख ८ राजनीतिक दलहरूले संयुक्त रूपमा संसद विघटनको विरोध गर्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन्। नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका संसदीय दलका प्रमुख सचेतकहरूले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी प्रतिनिधि सभा विघटन असंवैधानिक भएको दाबी गरेका हुन् ।
- फेरि अर्को भड्खालो
जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाको भग्नावशेष पन्छाउने क्रम सुरु भएको छ । योसँगै विकृत राजनीतिका भग्नावशेष पन्छाउने क्रम भने सुरु हुन सकेको छैन । भग्नावशेष नपन्छाएसम्म पुनर्निर्माण सम्भव हुँदैन– चाहे त्यो भौतिक संरचनाको होस् या राजनीतिक चरित्र ।
- कारागार पुगे रवि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कागजी प्रक्रिया पूरा गरेर नख्खु कारागार फर्किएका छन् । जेनजी प्रदर्शन उग्र बनेपछि लामिछाने नख्खु कारागारबाट बाहिरिएका थिए । पार्टीका कार्यकर्ता र नेताहरूले उनलाई कारागारबाट निकालेका थिए ।
- मधेस प्रदेश सरकार ढल्यो
जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको आफ्नो दललाई फिर्ता बोलाएको छ । पार्टीले आज प्रदेश प्रमुखलाई एक पत्र लेख्दै यसबारे जानकारी गराएको हो ।
- अग्रिम टिकट
जेनजीको आन्दोलनका कारण ५ दिनदेखि ठप्प सार्वजनिक यातायात शनिबार बिहानदेखि सञ्चालनमा आएका छन् । मंगलबारदेखि बन्द गरेको सार्वजनिक यातायात व्यवसायीहरूले स्थानीय सरकारसँगको समन्वयमा शनिबारबाट सञ्चालन गरेको जनाएको हो ।
- शनिबार विशेष
रातोपाटीको शनिबार विशेष सामग्री :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण