नेकपा केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै
सारांश
- विप्लव नेतृत्वको नेकपाले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ।
- बैठकमा जेनजी विद्रोहपछिको अवस्था, वामपन्थी एकता, र विशेष महाधिवेशनबारे छलफल हुनेछ।
- पार्टीले माओवादी केन्द्रलगायत वामपन्थी दलहरूसँग एकता गर्ने विषयमा निर्णय गर्नेछ।
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । जेनजी विद्रोह पछिको पछिल्लो अवस्थाको संश्लेषण, वापमन्थी एकता र ध्रुवीकरण, विशेष महाधिवेशनको तयारी लगायत विषयमा छलफल गर्न बैठक बोलाएको स्थायी समिति सदस्य अनिल शर्मा विरहीले जानकारी दिए ।
विरहीका अनुसार बैठक कपिलवस्तुस्थित शिवगढीमा दिउँसो २ बजे बस्दैछ । शनिबार बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको थियो । नेकपा माओवादी केन्द्र लगायत वामपन्थी दलहरूसँग एकता गर्ने विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने विरहीले बताए ।
‘विचार मिल्ने सबै वामपन्थी शक्तिसँग एकता र ध्रुवीकरणका लागि एजेन्डा तय भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे पनि बैठकले नयाँ विचारको संश्लेषण गर्छ’, उनले भने ।
नेकपाका महासचिव विप्लवले असोजको दोस्रो हप्ता काठमाडौँ आएका बेला माओवादीका संयोजक प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरूसँग भेटेर एकताबारे छलफल गरेका थिए ।
यसअघि भदौ २३ देखि २६ गतेसम्म बसेको नियमित केन्द्रीय समिति बैठकले आगामी फागुनमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । बैठक बसिरहेकै बेला जेनजी विद्रोहका कारण राजनीतिक उथलपुथल भएपछि विप्लवले एक महिनामै आकस्मिक बैठक बोलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण