१२ बजे १२ समाचार: एमालेको महाधिवेशन मंसिरमा, माओवादीसँग पार्टी एकता गर्न विप्लवकाे दुई सर्त
सारांश
- एमालेले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ।
- विप्लवले माओवादीसँग पार्टी एकताका लागि दुई सर्त राखेका छन्।
- पूर्व सभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेका छन्।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. एमालेको महाधिवेशन मंसिरमा
नेकपा एमालेले मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने भएको छ । एमाले सचिवालय बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो ।
२. माओवादीसँग पार्टी एकताका लागि विप्लवले राखे दुई सर्त
नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले दुई वटा सर्त राखेका छन् । जेनजी विद्रोहपछि वामपन्थीबिच एकता र ध्रुवीकरणको विषयमा चरणबद्ध छलफल हुँदै आएको बेला विप्लवले सर्तसहितको एकता प्रस्ताव राखेका हुन् ।
३. देउवाकै अध्यक्षतामा कांग्रेस केन्द्रीय समिति बैठक बस्ने
नेपाली कांग्रेसको आसन्न केन्द्रीय समिति बैठक सभापति शेरबहादुर देउवाकै अध्यक्षतामा बस्ने भएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले सभापति देउवा केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुने जानकारी दिएका हुन् ।
४. विश्वकप छनोट
अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरी चम्किँदा नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा यूएईमाथि रोमाञ्चक जित निकालेको छ ।
५. सरकारले खोज्यो जेनजी मन्त्री
यतिबेला सुशीला कार्की नेतृत्वको सरकार जेनजीहरूलाई पनि सरकारमा सहभागी गराउने तयारीमा छ । जेनजी आन्दोलनकै जगमा बनेकाे सरकार उनीहरूलाई नै छाडेर जान पनि चाहँदैन, तर प्रधानमन्त्री कार्कीले कसलाई मन्त्री बनाउने भन्ने आधिकारिक रूपमा जेनजी अगुवाहरूसँग नाम भने मागेकी छैनन् ।
६. जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीको नामावली सार्वजनिक
जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीको नाम कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको छ ।
७. सुन तस्करी काण्डमा महरा पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भेपमार्फत सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई पक्राउ गरेको छ ।
८. त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति कति ?
शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार मन्त्रालयले आफ्नो वेबसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो ।
९. ओली र लेखकविरुद्धको जाहेरीबारे अलमलमा प्रहरी
जेनजी आन्दोलनमा व्यापक दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी अलपत्र परेको छ । प्रहरीले उक्त जाहेरी दर्ता नगरी जाँचबुझ आयोगमा पठाइको थियो तर आयोगले फौजदारी कसुरसँग सम्बन्धित जाहेरी आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै प्रहरीकोमै फिर्ता पठाएको छ ।
१०. साना दलभित्रका असन्तुष्टि विष्फोट
साना दलभित्रका असन्तुष्टि विष्फोट हुन थालेका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीका असन्तुष्ट पक्षले छुट्टै दल दर्ता गर्न निवेदन दिएका छन् भने नेकपा (बहुमत)का १६ नेताले पार्टी परित्याग गरेका छन् । राप्रपाको असन्तुष्ट पक्षले पनि नेतृत्वमाथि दबाब बढाएको छ ।
हिन्दु धर्मावलम्बीको दोस्रो प्रमुख चाड तिहार नजिकिँदै गरेको छ । तिहारको आगमनलाई बजारमा बढ्दो चहलपहलले पनि देखाइरहेको छ ।
१२. प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभियो जेनजीको एउटा समूह
विदेशमा रहेका नेपालीलाई मत दिने व्यवस्था गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था सुनिश्चित आफ्नो बटमलाइन भएको जेनजीको एक समूहले बताएको छ । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले आइतबार पत्रकार सम्मेलन गर्दै यस्तो बटमलाइन अघि सारेको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण