१२ बजे १२ समाचार: माओवादी र एकीकृत समाजवादीबिच एकता अन्तिम चरणमा, के गर्दैछ नेसपा नयाँ शक्ति ?
सारांश
- माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता अन्तिम चरणमा पुगेको छ, तर केही नेताहरू असहमत छन्।
- नयाँ शक्ति पार्टीको महाधिवेशन आयोजक समितिको बैठक छठ पर्वपछि बस्ने भएको छ, बाबुराम भट्टराईले पद त्यागेपछि।
- रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने गायिका नितु पौडेलको आत्मदाहका कारण निधन भएको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. माओवादी र एकीकृत समाजवादीबिच एकता
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहितको पार्टी एकता अन्तिम चरणमा पुगेको दुवै पक्षका नेताहरूले दाबी गरेका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको अन्तिम मिति कात्तिक ३० गते अगावै एकता सम्बन्धमा टुङ्गो लगाउनेगरि प्रक्रिया अगाडि बढेको उनीहरूले दाबी गरेका हुन् ।
२. के गर्दैछ नेसपा नयाँ शक्ति ?
नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को महाधिवेशन आयोजक समितिको बैठक छठ पर्व लगत्तै बस्ने भएको छ । जेनजी विद्रोहपछि असोज ८ गते बसेको नयाँ शक्तिको केन्द्रीय समितिको विशेष बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले पद त्यागेको घोषणापछि उपाध्यक्ष दुर्गा सोवको संयोजकत्वमा आयोजक समिति बनाएको थियो ।
३. प्रदेश सरकार मन्त्रालय घटाउन तयार
सरकारको नेतृत्व मुख्य तिन दलहरू बाहेक अन्यत्र जान सकेको छैन भने पटक पटक गरेर उक्त दलहरू मन्त्रालय विभाजनको भागिदार बन्दै आएका छन् । पछिल्लो पटक विशेष गरी प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सार्वजनिक खर्च कटौती र सुशासनका लागि मन्त्रालयको सङ्ख्या घटाउनुपर्ने विषयलाई प्रमुख मुद्दा बनाएको छ भने सत्तारुढ दल कांग्रेस र एमाले पनि मन्त्रालय घटाउने विषयमा अघि बढेका छन् ।
४. एमालेमा ३ हजार हाराहारी महाधिवेशन प्रतिनिधि छनोट हुने
केही दिनभित्रै नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसेर ११ औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको विधि र मापदण्ड निर्धारण गर्ने भएको छ ।
गत असोज ३१ गते सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११ औँ महाधिवेशन गर्ने निर्णय गरे पनि महाधिवेशनको कार्यतालिका र महाधिवेशन छनोट विधि तय गरेको छैन ।
५. डा.कोइरालाको आग्रह
नेपाली कांग्रेसमा ‘विशेष महाधिवेशन’ माग्दै हस्ताक्षर सङ्कलन गरेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएकाहरू अहिले ‘पर्ख र हेर’को अवस्थामा छन् । केन्द्रीय कार्यसमिति बैठक जारी रहेकाले बैठकले के गर्छ भन्ने पर्खाइमा उनीहरू छन् ।
६. कांग्रेसको मुखमै आइसकेको मधेसको मुख्यमन्त्री पद गुम्यो
यस चाडपर्वको समयमा यदि कोही सबैभन्दा दुःखी छन् भने, ती हुन् मधेस प्रदेशका कांग्रेस सभापति कृष्ण यादव। कारण ( उनको मुखमै आइसकेको मधेस प्रदेशको मुख्यमन्त्री पद गुमेको छ ।
७. फुटबलको मैदानदेखि सुरक्षाको मोर्चासम्म अब्बल अनिल
प्रहरी संगठन भन्नासाथ शान्ति सुरक्षा, कानुन पालना, अपराध अनुसन्धान र कारबाही प्रक्रियाबारे बहस गरिरहेका हुन्छौँ ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनपछि प्रहरीको मनोबल कमजोर बनेको छ । भिड नियन्त्रण गर्ने चुस्त योजना बनाउन नसक्दा प्रदर्शन नियन्त्रण बाहिर गएको र लिथल हतियार प्रयोग गर्नुपर्ने अवस्था आएको सुरक्षा निकायका उच्च पदस्थ अधिकृतहरूको विश्लेषण छ ।
८. जीप दुर्घटना
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये ६ जनाको परिचय खुलेको छ ।
९ . गायिका नितु पौडेल आत्मदाह प्रकरण
आफैँले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको मृत्यु भएको छ । उनको शुक्रबार बिहान उपचारको क्रममा ‘कीर्तिपुर वर्न हस्पिटलमा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
१०. निर्वाचन तयारी
निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटाले दल दर्ताका लागि निवेदन दिएको र ती दलको कागजात विचाराधीन अवस्थामा रहेको आयोगको भनाइ छ ।
११. सन्तोषी श्रेष्ठको खेल जीवन
ओलम्पियनको रूपमा भने धेरै खेलाडी छन् । त्यसमध्येकी एक हुन्– ओलम्पियन सन्तोषी श्रेष्ठ । ३१ वर्षीया सन्तोषी नेपालमा हुने म्याराथनकी च्याम्पियन हुन् । उनी नेपालमा हुने घरेलु म्याराथनमा दुई वर्षदेखि च्याम्पियन छिन् । नेपालगन्ज म्याराथन, कान्तिपुर हाफ म्याराथन, झिल्टुङ दौडजस्ता प्रतियोगितामा त तीन वर्षदेखि राज गरेर बसेकी छिन् ।
१२. नेपाल इरानसँग पारजि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण