१० बजे १० समाचार : दलहरूमा देखिन थाल्यो एकताको साइडइफेक्ट, सक्रियता बढाउँदै प्रधानमन्त्री
आज २०८२ कात्तिक १५ गते शनिबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।
- माओवादीमा हलचल
नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले नेकपा (एकीकृत समाजवादी) सँग प्रस्तावित पार्टी एकता प्रक्रिया तत्काल रोक्न माग गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा आफ्ना विचार राख्दै शर्माले हतारमा गरिने एकताले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने र व्यक्तिगत स्वार्थ पूरा गर्ने मात्रै हुने बताएका हुन् ।
- एमाले सचिवालय बैठक
नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि जनपरिचालन गर्ने भएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले देशका ६ हजार ७ सय ४३ वटै वडामा आगामी कात्तिक २२ गते जनभेला गर्ने भएको छ ।
- पार्टी पुनर्गठन
माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णयको विपक्षमा उभिएको झलनाथ खनाल र घनश्याम भुसाल पक्षले पार्टीभित्र र बाहिरका शक्तिसँग पुनर्गठन र ध्रुवीकरणका लागि संवाद गर्न घनश्याम भुसाललाई जिम्मा दिएको छ ।
- कांग्रेस बैठक
नेपाली काँग्रेसको आसन्न महाधिवेशनको कार्यतालिका बारे सहमति जुटाउन बसेको पार्टी पदाधिकारी बैठक बिना निष्कर्ष टुङ्गिएको छ। निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा देखिएको विवाद समाधान गर्न शनिवार पार्टी मुख्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा पनि सहमति जुट्न नसकेको हो।
- प्रधानमन्त्रीको सक्रियता
प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन् । बैठक आइतबार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ ।
विभिन्न राजनीतिक दलका नेताहरूसँग निर्वाचनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीको परामर्श जारी छ । यसै सन्दर्भमा आज उनले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी छन् ।
- मन्दिरमा पनि भ्रष्टाचार
मधेस प्रदेशमा भ्रष्टाचारका विभिन्न काण्ड बेलाबखत प्रकाशमा आउने गरेका छन् । पछिल्लो पटक जानकी मन्दिरमा समेत भ्रष्टाचार भएको भन्दै स्थानीय स्तरमा प्रश्न उठ्न थालेको छ ।
- पुनर्निर्माण तत्काल असम्भव
भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा कर्णाली प्रदेश सभा भवन ध्वस्त भएपछि हिउँदे अधिवेशन सञ्चालन गर्न स्थान अभाव भएको छ । प्रदेश सभा सचिवालयले तत्काल पुनर्निर्माण सम्भव नरहेकाले कामचलाउ भवन निर्माणको तयारी थालेको छ ।
- खेलकुद
आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ ।
एक महिनाको रोमाञ्चक प्रतिस्पर्धा र ३० वटा भिडन्तपछि, अब सबैभन्दा ठुलो खेलको लागि समय आएको छ: महिला विश्वकपको फाइनल।
- स्वास्थ्य
चियाको कप र चुरोटको सर्को। नेपालमा यो संयोजन निकै सामान्य छ। कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्।
चित पारिश्रमिकको माग राख्दै आन्दोलन गरिरहेका नर्स र सरकारबीच सहमति भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधि सहमतिमा पुगेका हुन्।
- शनिबार विशेष
रातोपाटीको शनिबार विशेष सामग्रीहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण