एकीकृत समाजवादी रहेन ‘एकीकृत’, बन्यो तीन टुक्रा
सारांश
- नेकपा एकीकृत समाजवादी पार्टी तीन टुक्रामा विभाजित भएको छ।
- माधव नेपालको नेतृत्वमा बहुमत नेताहरू माओवादी केन्द्रसहितका अन्य दलहरूसँग एकता प्रक्रियामा सामेल भए।
- घनश्याम भुसालले नेकपा एकीकृत समाजवादीलाई पुनर्गठन गरी क्रान्तिकारी पार्टी बनाउने घोषणा गरे।
काठमाडौँ । नेकपा एमालेबाट विद्रोह गर्दै चार वर्ष अघि गठन भएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी अब ‘एकीकृत’ नरहने भएको छ । पार्टी तीन टुक्रामा विभाजन भएको हो ।
अध्यक्ष नेपाल अर्थात् बहुमत नेताहरू माओवादी केन्द्रसहितका १० वाम घटकसँग पार्टी एकता प्रक्रियामा सहभागी भएसँगै उक्त पार्टी विभाजित बन्न पुगेको छ ।
अध्यक्ष माधवकुमार नेपालसहित बहुमत नेताहरू नवगठित ‘नेपाली कम्युनिस्ट पार्टी’मा सामेल भएका छन् । अध्यक्ष नेपालसँगै सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता बेदुराम भुसाल, प्रमेश हमाल,राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, जगन्नाथ खतिवडालगायतका नेता पनि एकता प्रक्रियामा सामेल भएका छन् ।
महासचिव घनश्याम भुसालले भने नेकपा एकीकृत समाजवादीलाई नै पुनर्गठन गरेर क्रान्तिकारी पार्टी निर्माण गर्ने अभियान चलाउने घोषणा गरेका छन् । भुसाललाई वरिष्ठ नेता घनेन्द्र बस्नेत, नेताहरू विजय पौडेल, जीवनराम श्रेष्ठ तथा दामोदर अर्याललगायतले साथ दिएका छन् । भुसाल पक्षले बुधबारै पत्रकार सम्मेलन गरी क्रान्तिकारी पार्टी निर्माण गर्ने भन्दै आगामी मङ्सिरमा राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेका छन् ।
तेस्रो समूहको नेतृत्व नेतृ रामकुमारी झाँक्रीले नेतृत्व गर्ने भएकी छन् । झाँक्री समूह अहिले कतै नगए पनि एमालेमै फर्कने सम्भावना बढी रहेको उनीहरूका अभिव्यक्तिले नै गरेका छन् । २०७८ सालमा एमाले विभाजन गरेर नयाँ पार्टी गठन गर्न माधव नेपाललाई बलियो साथ दिएकी नेतृ झाँक्रीले बुधबारै पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादीसँगको यात्रा टुङ्गिएको घोषणा गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण