१० बजे १० समाचार : चुनावमा कांग्रेस, एमालेको अर्कै लाइन
सारांश
- नेपाली कांग्रेसले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ।
- एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गर्दै दुर्गा प्रसाईंको पक्ष लिएका छन्, र संसद पुनर्स्थापनाको कुरा उठाए।
- जनता समाजवादी पार्टी नेपालले संविधान संशोधनको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
काठमाडौँ । आज मिति २०८२ साल मंसिर महिनाको ६ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘१० बजे १० समाचार’ लिएर आएका छौँ–
१. चुनावमा जाने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले मुलुकमा उत्पन्न विषम राजनीतिक परिस्थितिका बीच आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ ।
शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले ५ बुँदे निर्णय सार्वजनिक गर्दै वर्तमान राजनीतिको निकास निर्वाचन नै भएको निष्कर्ष निकालेको हो ।
२. एमाले पुनर्स्थापनाको पक्षमा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार राजधानीको आयोजित एक कार्यक्रममा सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध आक्रामक रूपमा प्रस्तुत भए ।
सरकारको आलोचनामा अधिकांश समय खर्चिएका उनी बरु आफ्नो कटु आलोचक रहेका राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंको पक्षमा उभिए ।
प्रसाईं केही दिनअघि पक्राउ परेका थिए । तर, सुशीला कार्की जोडिएको एक क्यासेट सार्वजनिक गरेकै कारण प्रसाईंलाई सरकारले पक्राउ गर्ने काम भएको ओलीले दाबी गरे । ओली र एमालेले सरकारदेखि अदालतसम्मलाई धम्काउने शैलीमा आफूलाई प्रस्तुत गर्दै आएका छन् । उनले संसद पुनर्स्थापनाको विकल्प नभएको बताउँदै आएका छन् ।
३. क्रिकेट
एनपीएलमा शनिबार विराटनगर र कर्णाली विजयी भएका छन् ।
४. साहित्य
शनिबार विशेष अन्तरगत आज विभिन्न सामग्री छापिएका छन् । जुन यस प्रकार छन्–
५. प्रचण्ड
जेनजीले उठाएका मुद्दा र माग जायज रहेको बताएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पनि उनीहरूकै मुद्दा उठाउँदै आएको बताएका छन् ।
जेनजी युवालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता र समृद्धिका लागि जेनजी पुस्ता अगाडि आउन आवश्यक रहेको बताए ।
६. आन्दोलनमा जसपा नेपाल
जनता समाजवादी पार्टी नेपालले संविधान संशोधनको माग गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ । सो पार्टीले संविधान संशोधनसहितको माग राखी प्रधानमन्त्री सुशीला कार्कीलाई २८ बुँदे माग बुझाउने तयारी पनि गरेको छ ।
मङ्सिर १० गते प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउने तयारी रहेको सो पार्टीका महासचिव रामकुमार शर्माले बताए ।
७. नयाँ मतदाता
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर सञ्चालन गरेको मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय शुक्रबारबाट सकिएको छ ।
सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपेको थियो ।
यसबिचमा ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएको आयोगले जनाएको छ । बायोमेट्रिक्स मार्फत ३ लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्र मार्फत ४ लाख ९२ हजार १८० मतदाता थपिएका हुन् ।
८. मधेस सभामुखविहीन
पद अनुकूल आचरण नगरेको भन्दै रामचन्द्र मण्डल सभामुखबाट पदमुक्त भएपछि अहिले मधेस प्रदेशसभा सभामुखविहीन बनेको छ । पद अनुकूलको आचरण नगरेको भन्दै कात्तिक २७ गते ७ दलका ६४ प्रदेशसभा सदस्यहरुले मण्डलविरुद्ध प्रस्ताव दर्ता गराएका थिए ।
९. जेनजी
पूर्वसूचनाबिनै जेनजीका अगुवा सुदन गुरुङको नेतृत्वको टोली पूर्वमन्त्री तथा बारा–४ का निवर्तमान संघीय सांसद किसान श्रेष्ठको औराहास्थित निजी निवासमा प्रवेश गरेको छ ।
पूर्वमन्त्री श्रेष्ठले घरमा कोही नभएको मौका छोपी गुरुङको टोलीले कर्मचारी र सहयोगीलाई धम्की दिएको भन्दै सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् ।
१०. एकताको कुरा
गत साउनमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच एकता गर्ने कसरत भएको थियो ।
कार्यगत एकता भएको पाँच महिना भइसक्यो, तर हालसम्म दुई पार्टीबिच कुनै कुरामा सहकार्य भएको छैन । दुवै दल एक ठाउँमा बसेर कुनै साझा मुद्दामा छलफल त के एउटा संयुक्त विज्ञप्ति पनि जारी गरिएको छैन । अब त एकता हुने सम्भावना लगभग टरेको छ ।
जसपाका राजेन्द्र श्रेष्ठ पक्ष नेपाली कम्युनिस्ट पार्टीसँग एकताका लागि गृहकार्यमा लागेको छ भने राई चुपचाप छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण