बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एनपीएल LIVE : कर्णालीले लुम्बिनीलाई ९ विकेटले हरायो, मार्क वाटको शतक
LIVE UPDATES

LIVE UPDATES : एनपीएल LIVE : कर्णालीले लुम्बिनीलाई ९ विकेटले हरायो, मार्क वाटको शतक

शनिबार, ०६ मङ्सिर २०८२, १२ : ५७
Live

सारांश

  • शनिबार, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।
  • खेलको अपडेटका लागि तयार रहनुहोला।

मार्क वाटको शतकको सहयोगमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि सहज जित निकालेको छ । शनिबार भएको खेलमा कर्णालीले लुम्बिनी लायन्सलाई ९ विकेटले हराएको हो ।

काठमान्डुविरुद्ध विराटनगरले पहिला बलिङ गर्ने

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किंग्सले काठमान्डु गुर्खाजविरुद्ध टस जितेर सुरुमा बलिङ गर्ने निर्णय गरेको छ । 

विराटनगरको यो दोस्रो खेल हो भने काठमान्डु गुर्खाजको तेस्रो । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो भने काठमान्डुले जनकपुर बोल्ट्सलाई पहिलो खेलमा हराए पनि दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले पराजित भएको थियो । 

यसअघि आजै बिहान भएको खेलमा लुम्बिनी लायन्सलाई कर्णाली याक्सले ९ विकेटको भारी अन्तरले पराजित गरेको थियो । 

मार्क वाटको शतकमा कर्णालीको सहज जित

काठमाडौँ । मार्क वाटको शतकको सहयोगमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्समाथि सहज जित निकालेको छ । 

शनिबार भएको खेलमा कर्णालीले लुम्बिनी लायन्सलार्य ९ विकेटले हराएको हो ।  त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२ ओभर २ बलमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । 

कर्णालीका लागि मार्क वाटले ११४ रनको शतकीय पारी खेले । ४४ बल खेलेका उनले ६ चौका र १२ छक्का प्रहार गरे । 

मार्क वाटको शतक पूरा, दोस्रो संस्करणको पहिलो र एनपीएलकै दोस्रो शतक

काठमाडौँ । मार्क वाटले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । 

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५७ रनको लक्ष्य पछ्याएको कर्णालीका मार्क वाटले ४१ बलमा शतक पूरा गरेका हुन् । 

उनले प्रहार गरेको शतक एनपीएल इतिहासकै दोस्रो र दोस्रो संस्करणको पहिलो शतक हो । 

कर्णालीले १० ओभरमा बनायो १२९ रन

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध १० ओभरमा १२९ रन बनाएको छ ।

कर्णालीका लागि मार्क वाटको अर्धशतक पूरा

काठमाडौँ । मार्क वाटले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्रहार गरेका छन् । 

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५७ रनको लक्ष्य पछ्याएको कर्णालीका लागि उनले २९ बलमा अर्धशक पूरा गरेका हुन् । 

लुम्बिनीलाई पहिलो सफलता, शेर मल्लले लिए विकेट

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सले कर्णाली याक्सविरुद्ध पहिलो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले लिदएको १५७ रनको लक्ष्य पछ्याएको कर्णालीले चौथो ओभरको पाँचौ बलमा पहिलो विकेट गुमाएको हो । 

एनपीएलमा लुम्बिनीले दियो कर्णालीलाई १५७ रनको लक्ष्य

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनायो । 

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए । रोहितले ४३ बल खेल्दै चार चौका र २ छक्का प्रहार गरे ।

कर्णालीलाई लगातार दुई विकेट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध लगातार दुई विकेट लिएको छ ।  

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको कर्णालीका लागि नन्दन यादवले सातौंं विकेट लिए । 

उनले १८औँ ओभरको अन्तम बलमा जेजे स्मिथलाई २३ रनमा क्याच आउट गराए । १९औं ओभरको तेस्रो बलमा समिर अलि मुशामुल्ला रन आउट भए ।

कर्णालीलाई छैटौं सफलता, अर्धशतक बनाउनबाट चुके रोहित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध छैटौं सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको कर्णालीका सोमपाल कामीले छैटौं विकेट लिएका हुन् । 

सोमपालले १७औँ ओभरको चौथो बलमा रोहितलाई ४९ रनमा क्याच आउट गराए । 

तस्बिरमा हेर्नुहोस् कर्णाली याक्स र लुम्बिनी लायन्सबिचको प्रतिस्पर्धा

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्स र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली र लुम्बिनी बिच प्रतिस्पर्धा भइरहेको हो ।

हेर्नुहोस् तस्बिरहरु :

npl-photo (1)npl-photo (2)npl-photo (3)npl-photo (4)npl-photo (5)npl-photo (7)npl-photo (8)npl-photo (9)npl-photo (10)npl-photo (11)npl-photo (12)npl-photo (13)npl-photo (14)npl-photo (15)npl-photo (16)npl-photo (17)npl-photo (18)npl-photo (6)

विपिनले कर्णालीका लागि लिए चौथो विकेट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध चौथो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको कर्णालीका विपिन शर्माले चौथो विकेट लिएका हुन् । 

उनले ११औँ ओभरको तेस्रो बलमा गुल्बदिन नैबलाई ७ रनमा एलबीडब्लू आउट गराएका हुन् । 

मार्क वाटले दिलाए कर्णालीलाई तेस्रो सफलता

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध तेस्रो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको कर्णालीका मार्क वाटले तेस्रो विकेट लिए । 

वाटले लुम्बिनीका आठौं ओभरको अन्तिम बलमा दिलिप नाथलाई कट एण्ड बोल्ड गराए । दिलिपले ६ रन बनाएका थिए । 

पावरप्लेमा लुम्बिनीले बनायो ३६ रन

गुलशनले दिलाए कर्णालीलाई दोस्रो सफलता

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध दोस्रो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको कर्णालीका लागि गुलशन झाले दोस्रो विकेट लिए । 

सातौँ ओभरको चौथो बलमा उनले डर्सी शर्टलाई १९ रनमा क्याच आउट गराए । 

यी हुन् लुम्बिनी र कर्णालीका प्लेइङ ११

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्स कर्णाली याक्सबीचको खेल चलिरहेको छ । 

त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमाकर्णालीले पहिले बलिङ गरेको छ । 

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीको प्लेइङ–११ मा उनीसँगै अर्जुन घर्ती, विपिन प्रसाद शर्मा, नन्दन यादव, पवन सर्राफ, युवराज खत्री, गुल्सन झा, मार्क वाट, विल बसिस्टो, नजिबउल्लाह जर्दान र प्रियांक पञ्चाल छन्।

लुम्बिनीलाई पहिलो झट्का

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध पहिलो सफलता हात पारेको छ ।  

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको कर्णालीका लागि नन्दन यादवले पहिलो विकेट लिए ।  उनले दोस्रो ओभरको तेस्रो बलमा सदीप जोरालाई क्याच आउट गराए ।

कर्णालीले लुम्बिनीविरुद्ध पहिले बलिङ गर्ने

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । 

त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् ।  कर्णाली आजको खेलमा पहिलो जितको खोजिमा हुनेछ । 

पहिलो खेलमा कर्णाली चितवन राइनोजसँग पराजित भएको थियो ।  यता लुम्बिनी लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।

एनपीएल : आज दुई खेल हुँदै, पहिलो जितको खोजीमा कर्णाली

काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) दुई खेल हुने भएका छन्। दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन्।

पहिलो खेल ११ः१५ बजे हुनेछ जहाँ कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। हालसम्म कुनै जित दर्ता गर्न नसकेको कर्णाली याक्स आज आफ्नो पहिलो जितको खोजीमा मैदान उत्रनेछ भने लुम्बिनी लायन्सले यसअघि खेलेको खेलमा जित हात पारेको छ। लुम्बिनीले चितवन राईनाेजलाई ६ विकेटले पराजित गरेकाे थियाे । 

दोस्रो खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। जहाँ काठमाण्डु गुर्खाज र बिराटनगर किङ्स भिड्नेछन्। दुवै टोलीले लिगको पहिलो खेलमै जित निकालिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया