शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठकदेखि रवि लामिछाने रिहासम्म

शुक्रबार, ०४ पुस २०८२, २२ : ००
शुक्रबार, ०४ पुस २०८२

काठमाडौँ । आज मिति २०८२ साल पुस महिनाको ४ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
१. महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक
महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बसेको छ । बैठकले एक हप्ताभित्र संशोधित विधान र राजनीतिक प्रतिवेदनहरू प्रकाशन गर्ने निर्णय गरेको छ । 

२. रवि लामिछाने रिहा
नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० का सभापति रवि लामिछाने रिहा भएका छन् । शुक्रबार रुपन्देही पुगेका लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका हुन् । 

३.मधेस केन्द्रित दल
मधेस केन्द्रित दलले पनि चुनाव केन्द्रित गतिविधि गरिरहेका छन् । जसअनुसार जसपा नेपाल, लोसपा नेपाल, जनमत पार्टीलगायतका मधेस केन्द्रित दलका शीर्ष नेताहरुको नाम धमाधम सिफारिस भइरहेको छ । 

४. प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश जारी
 राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले सो अध्यादेश जारी गरेका हुन् ।

५. नेपाली कांग्रेस 
नेपाली कांग्रेसका महामन्त्री गगन थापा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा ६ स्थानबाट उम्मेदवार सिफारिस भएका छन् ।

६. रास्वपा 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय नेतृत्व मञ्चमा १७ जनालाई मनोनयन गरेको छ । शुक्रबार बसेको सचिवालयको आकस्मिक बैठकले पहिलो चारणमा १७ जनालाई मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

७. ६० सहसचिवको सरुवा
सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६० जना सहसचिवको सरुवा गरेको हो । 

८. अमेरिकामा नेपालीसहित ७५ जना डिपोर्ट
अमेरिकामा पीआर पाएर ३० वर्षदेखि बस्दै आएका एक जना नेपाली नागरिक निष्कासनमा परेका छन् । पीआर नवीकरण नभएपछि निष्कासनमा परेका उनी बिहीबार मध्यान्ह नेपाल आइपुगेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पङ्गेनीले रातोपाटीलाई बताए । 

९. संविधान संशोधन बहस

१०. मधेसका मुख्यमन्त्रीले पाए विश्वासको मत
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन् । शुक्रबार मधेस प्रदेश सभामा विश्वासको प्रस्ताव राखेका यादवलाई प्रदेश सभाले विश्वासको मत दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप