शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : १२ दिन पनि टिकेन एकता, सबैको आँखा विशेष महाधिवेशनतिर

शनिबार, २६ पुस २०८२, २२ : ००
शनिबार, २६ पुस २०८२

काठमाडौँ । आज मिति २०८२ साल पुस महिनाको २६ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘१० बजे १० समाचार’ लिएर आएका छौँ–

  •  पूर्वराजाको सन्देश

पूर्वराजा ज्ञानेन्द्र शाहले झन्डै दुई दशकअघि दलहरूको चाहना अनुसारै  राजकाजबाट बाहिरिएको र अहिले देशले सामना गर्नुपरेको संकटले चिन्तित तुल्याएको बताएका छन् ।  शनिबार राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको निर्णय प्रक्रिया विदेशीको हातमा पुगेको दाबी गर्दै मुलुकको निर्णायकत्व फर्काउन नयाँ राष्ट्रिय समझदारीको खाँचो रहेको बताएका छन्।

  •  प्रदेशमा राज्यमन्त्री

प्रदेश सरकारको संरचना र यसको खर्चलाई लिएर आम नागरिकमा सधैँ एउटा प्रश्न उठ्ने गर्छ, ‘के प्रदेशमा यति धेरै मन्त्रीहरू आवश्यक छन ?’ त्यसमा पनि राज्यमन्त्री पदको औचित्य त झन् सधैँ विवादको घेरामा रहँदै आएको छ । 

  •  विशेष महाधिवेशन

नेपाली कांग्रेसमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवादले अन्ततः पार्टी नै विभाजन हुने हो कि भन्ने चिन्ता बढाएको छ । सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन पक्षका नेता–कार्यकर्ता नियमित महाधिवेशनका पक्षमा छन् भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा अडिग छन् ।

देशको केन्द्र भागमा रहेको बागमती प्रदेशमा पनि विशेष महाधिवेशनको विषयले संगठनमा व्यापक ध्रुवीकरण देखिएको छ । देशकै राजधानीसमेत रहेको यस प्रदेशमा कांग्रेसको उपस्थिति बलियो भए पनि आन्तरिक गुटबन्दी र सत्ता साझेदार दलहरूसँगको समन्वय मुख्य चुनौती बनेको अवस्था छ ।

  •  साहित्य

सीता पाण्डे तीसको दशकदेखि कथा लेखनमा सक्रिय नाम हो । उनका ‘असजिला खुसीहरू’ (कविता सङ्ग्रह), 'यौन र अनुभूति' (आलेख सङ्ग्रह), 'बन्धकी खुसीहरू' (कथा सङ्ग्रह) लगायत आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

  •  अन्तर्वार्ता

रुसी राष्ट्रपति पुटिनका प्रमुख राजनीतिक तथा दार्शनिक सल्लाहकार मानिने अलेक्ज्यान्डर दुगिन वर्तमान विश्वका प्रमुख दार्शनिकहरूमध्ये गनिन्छन् । रुसका चर्चित राजनीतिशास्त्री तथा दार्शनिक दुगिन बहुध्रुवीय विश्वका सिद्धान्तकारका रूपमा समेत चिनिन्छन् । उनको हालै ‘द ट्रम्प रिभोलुसन’ नामको पुस्तक प्रकाशित भएको छ । पछिल्लो समय अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै रुस–अमेरिका सम्बन्धमा न्यानोपनका चर्चाहरू चल्न थालेसँगै दुगिनको पुस्तक पनि संसारभर चर्चामा छ ।

  •  प्रचण्डको चुनावी क्षेत्र

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  आगामी चुनाव पूर्वी रुकुमबाट लड्ने निश्चित भएको संकेत गरेका छन् ।  शनिबार रुकुम पश्चिममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले साे संकेत गरेका हुन् ।

  •  कुलमान आफैँ मैदानमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया नाटकीय रूपमा भङ्ग गर्दै उज्यालो नेपाल पार्टीले आफ्नै अस्तित्वमा निर्वाचन लड्ने घोषणा गरेको छ। शनिबार त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कुलमान घिसिङले उज्यालो नेपालको सदस्यता ग्रहण गर्दै पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेका छन्। अब यो पार्टी 'चिम' चुनाव चिन्ह लिएर आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनेछ।

  •  एमाले बैठक

 पार्टी नियमावली संशोधन, राष्ट्रिय महाधिवेशनमा भएको खर्चका जानकारी, केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयहरूको अनुमोदन र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेर नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठक सकिएको छ । ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बसेको बैठकले अध्यक्षले राखेको समसामयिक प्रस्ताव पारित गर्दै सकिएको एमाले प्रचार विभाग प्रमुख मीनबादुर शाहीले जानकारी दिए । 

  •  विशेष महाधिवेशन

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति, संस्थापन समूह र डा. शेखर कोइराला नेतृत्वको इतर समूहले स्वीकार नगरे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्वमा आह्वान भएको विशेष महाधिवेशन हुने निश्चित भएको छ । आइतबार र सोमबार काठमाडौँको भृकुटीमण्डपमा तय भएको विशेष महाधिवेशनले पार्टी नेतृत्व नै तय गर्दै कि नीतिमात्रै बदल्ने निर्णय गर्छ त्यो भने एकिन भइसकेको छैन । यसमा महाधिवेशन आह्वान २ हजार ४८८ महाधिवेशन प्रतिनिधि तथा नेतृत्व लिने महामन्त्रीद्वय थापा र शर्माबिच अझै मतैक्यता भइसकेको छैन । 

  •  शनिबार विशेष

रातोपाटी शनिबार विशेष सामग्रीहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप