मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

वित्तीय क्षेत्र विकास रणनीति सहित मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

सोमबार, २८ पुस २०८२, १५ : १४
सोमबार, २८ पुस २०८२

काठमाडौँ । वित्तीय क्षेत्र विकास रणनीति २०८२/८३ देखि २०८६/८७ स्वीकृत गर्ने निर्णय गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

बैठक मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए । त्यस्तै बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनु पर्ने सन २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३ हजार ५०३ अमेरिकन डलर प्रदान गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता खरेलले बताए । 

त्यसैगरी बैठकले २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनि फैया बौद्ध पगौडाको अभिलेखालय पुनर्निर्माण र गंगाघाट मन्दिरको पुनर्निर्माणको लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप