१० बजे १० समाचार : कांग्रेसको बानेश्वर बैठकले गर्यो ६ बुँदे निर्णय, देउवा पक्ष सर्वोच्च जाने
काठमाडौँ । आज मिति २०८२ साल माघ महिनाको ३ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
१. देउवा पक्षद्वारा सर्वोच्च जाने निर्णय
नेपाली कांग्रेस (देउवा पक्ष) को केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आयोगले माघ २ गते गरेको निर्णय नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधान विपरीत रहेको ठहर गरेको हो।
२. कांग्रेस बैठकका ६ बुँदे निर्णय सार्वजनिक
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले गरेका ६ बुँदे निर्णय सार्वजनिक गरिएको छ। शनिबार सभापति गगन थापाको सभापतित्वमा नयाँ बानेश्वरमा बसेको बैठकले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई स्वागत गर्दै पार्टी एकता, आगामी निर्वाचन र पूर्वसभापति शेरबहादुर देउवाको भूमिका लगायतका विषयमा निर्णय गरेको हो।
३. रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार दिनको २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी केन्द्रीय कमिटी बैठक आह्वान भएको हो ।
४. सङ्घीय लोकतान्त्रिक मोर्चाका तीन मोडालिटी
फागुन २१ गते हुने चुनावका लागि टिकट वितरण तथा सिट बाँडफाँटका लागि मधेस केन्द्रित दलहरूको सङ्घीय लोकतान्त्रिक मोर्चा दबाबमा परेको छ । मोर्चामा कुन दलले कति सिट पाउने र कहाँ कहाँ पाउने टुङ्गो नलागे पछि मोर्चा दबाबमा परेको हो ।
५. शनिबार विशेष
६. धमाधम उम्मेदवार टुंग्याउँदै नेकपा
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ कर्णाली प्रदेशका ७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ ।
७. लामिछानेविरुद्धको मुद्दा फिर्ता सर्वोच्चको नजिरविपरीत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दामा महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालतले स्थापित गरेको नजिरभन्दा बाहिर गएको छ ।
८. बालेनसँग भयभीत मधेसी नेता
आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका बालेनले आफ्नो पहिलो राजनीतिक यात्रा मधेसबाट सुरु गर्दै छन् । मधेसकै महोत्तरी पुर्ख्यौली घर भएका उनी माघ ५ गते प्रदेश राजधानी जनकपुर झर्दैछन् ।
९. पूर्वमुख्यमन्त्री र प्रदेशसभा सदस्यहरूको ध्यान प्रतिनिधिसभाको टिकटमा
बागमती प्रदेश सभाका केही सांसदहरू फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने दौडमा रहेका छन् । प्रदेश सभाको अझै दुई वर्ष कार्यकाल बाँकी रहँदै उनीहरू प्रतिनिधिसभाको उम्मेदवार बन्न चासो देखाएका हुन् ।
१०. गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण