रियल सोसिडाडसँग बार्सिलोना २–१ ले पराजित, अंक तालिका फराकिलो बनाउने मौका चुक्यो
सारांश
- बार्सिलोना रियल सोसिडाडसँग २-१ गोलले पराजित भयो।
- रियल सोसिडाडले दुई गोल गर्यो भने बार्सिलोनाका लागि एक गोल भयो।
- बार्सिलोनाले शीर्ष स्थान गुमाउने अवस्थामा पुग्यो, रियल मड्रिडसँग अंक दूरी घट्यो।
काठमाडौँ । ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले रियल सोसिडाडसँग २–१ गोलको अप्रत्याशित हार बेहोरेको छ । नेपाली समयअनुसार साेमबार बिहान घरेलु मैदानमा सम्पन्न खेलमा रियल सोसिडाडले प्रभावशाली प्रदर्शन गर्दै अग्रस्थानको टोलीलाई स्तब्ध बनायो ।
रियल सोसिडाडका लागि मिकेल ओयार्जाबालले ३२ औँ मिनेटमा पहिलो गोल गरे भने ७१ औँ मिनेटमा गोन्सालो गुएडेसले दोस्रो गोल थपे । बार्सिलोनाका लागि मार्कस र्याशफोर्डले ७० औँ मिनेटमा बराबरीको आशा जगाउने गोल गरे पनि त्यो पर्याप्त हुन सकेन । खेलको अन्त्यतिर रियल सोसिडाडका कार्लोस सोलरले ८८ औँ मिनेटमा रातो कार्ड पाए ।
यस हारसँगै बार्सिलोनाले अंक तालिकामा अग्रता फराकिलो बनाउने सुनौलो अवसर गुमाएको छ । ४९ अंकसहित बार्सिलोना अझै पनि शीर्ष स्थानमै रहे पनि दोस्रो स्थानमा रहेको रियल मड्रिडसँग अब मात्र एक अंकको अन्तर बाँकी छ । रियल मड्रिडको ४८ अंक रहेको छ ।
यता जितसँगै रियल सोसिडाडले २४ अंक पुर्याउँदै आठौँ स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण