शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: फास्ट ट्रयाकको भौतिक प्रगति ४५ प्रतिशतमा सीमित, निर्वाचनका लागि मधेसमा सुरक्षा व्यवस्था कडा

सोमबार, १९ माघ २०८२, ०० : ००
सोमबार, १९ माघ २०८२

सारांश

  • फास्ट ट्र्याकको भौतिक प्रगति साढे ८ वर्षमा जम्मा ४५ प्रतिशत मात्रै पुगेको छ।
  • मधेस प्रदेशमा निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ, जसमा ड्रोन र सीसी क्यामेराको प्रयोग गरिएको छ।
  • विभिन्न घटनाक्रमहरूमध्ये सुनको मूल्यमा गिरावट, नक्कली प्रमाणपत्र बनाउने गिरोह पक्राउ, र पत्रकार सिटौलाको निधन भएको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. साढे ८ वर्षमा फास्ट ट्रयाकको भौतिक प्रगति ४५ प्रतिशतमा सीमित

राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ–तराई/मधेस द्रुत मार्ग’ (फास्ट ट्रयाकको भौतिक प्रगति साढे ८ वर्षमा जम्मा ४५ प्रतिशतमा सीमित भएको छ । यसैबिच स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तारको काम पनि सुरु भएको छ ।

२. निर्वाचनका लागि मधेसमा सुरक्षा व्यवस्था कडा

आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मधेस प्रदेशभरि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ। प्रदेशभरि तीन तहको सुरक्षा परिचालन गरिनुका साथै अति संवेदनशील मतदानस्थलमा ड्रोन र सीसी क्यामेरामार्फत निगरानीको व्यवस्था गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

३. सुनको मूल्यमा उच्च गिरावट

नेपाली बजारमा आइतबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । गत शुक्रबार तीन लाख १८ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आइतबार तीन लाख रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।

४. निर्वाचन क्षेत्रका चर्चा

प्रतिनिधि सभाको आसन्न निर्वाचनका सन्दर्भमा रातोपाटीले विभिन्न संसदीय निर्वाचन क्षेत्रबारे चर्चा गर्दै आएको छ । यसै सन्दर्भमा आइतबार प्रकाशित केही निर्वाचन क्षेत्रबारेको चर्चा हेरौँ–

५. विप्लव नेतृत्वको नेकपा (माओवादी)का २० बुँदे प्रतिबद्धता सार्वजनिक

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले २० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सो पार्टीले प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

६. नक्कली सर्टिफिकेट बनाएर अमेरिकी दूतावास पुग्ने गिरोह पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकाको डीभी प्रक्रिया अघि बढाउने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

७. वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना

योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो अर्धसैन्य संरचनालाई पुनः ब्युँताउने निर्णय गरेको छ । 

८. बालेनको चुनावी रिपोर्टिङमा हिँडेका पत्रकार सिटौलाको निधन

राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन शाहको चुनावी अभियानको रिपोर्टिङमा हिँडेका पत्रकार दिनेश सिटौलाको निधन भएको छ । उपचारका क्रममा आइतबार उनको निधन भएको हो ।

९. माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ ।

१०. सेयर बजारमा गिरावट

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से सूचक आइतबार ओरालो लागेको छ । आइतबार नेप्से सूचक १९.८५ अंकले ओरालो लागेको हो ।

११. उदयपुर सिमेन्टका पूर्वमहाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

उदयपुर सिमेन्ट उद्योगमा करिब ४६ करोड रुपैयाँ बराबरको क्लिङ्कर हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई महाप्रबन्धकसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

१२. खेलकुद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप