तेल बोकेको ट्याङ्करमा आक्रमण, एक जनाको मृत्यु
सारांश
- इराकको बसरा बन्दरगाह नजिक दुई तेल ट्याङ्करमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
- उद्धार टोलीले ३८ जना चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकालेको छ, र घटनाको कारण अज्ञात छ ।
- मध्यपूर्वमा बढ्दो तनावका कारण तेल ढुवानी मार्गको सुरक्षाबारे चिन्ता बढेको छ ।
बग्दाद । पर्सीयन खाडीमा रहेको इराकको बसरा बन्दरगाह नजिक दुई विदेशी तेल ट्याङ्करमा विस्फोट भएपछि एक जनाको मृत्यु भएको छ । यस घटनामा चालकदल दर्जनौँ सदस्यलाई उद्धार गरिएको बताइएको छ ।
इराकी बन्दरगाहसम्बन्धी सरकारी निकायका अनुसार घटनापछि उद्धार टोलीले ती जहाजबाट ३८ जना चालकदल सदस्यलाई सुरक्षित बाहिर निकालेको छ । तर दुर्घटनामा एक जनाको ज्यान गएको पुष्टि गरिएको छ । अहिले पनि खोज तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।
प्रारम्भिक जानकारीअनुसार विस्फोट कसरी भयो भन्ने अझै स्पष्ट भइसकेको छैन । बसरा क्षेत्रमा रहेको एक सुरक्षा स्रोतले अमेरिकी सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार विस्फोटक सामग्री राखिएको एउटा इरानी डुङ्गा तेल ट्याङ्करसँग ठोक्किएको हुन सक्ने आशङ्का गरिएको छ । यद्यपि यसबारे औपचारिक अनुसन्धान जारी रहेको बताइएको छ ।
जहाज ट्र्याक गर्ने वेबसाइटहरूले पनि दुवै ट्याङ्कर वरिपरि उद्धार डुङ्गाहरू घेरिएको देखाएको बताएका छन् । घटनापछि सुरक्षा जोखिमका कारण बसरा क्षेत्रका तेल बन्दरगाहहरूको सञ्चालन अस्थायी रूपमा रोकिएको इराकी अधिकारीहरूले जानकारी दिएका छन् ।
यसैबिच, पर्सीयन खाडी नजिकैको अर्को घटनामा ओमानको नौसेनाले स्ट्रेट अफ होर्मुज नजिक आक्रमणमा परेको थाइल्याण्डको झण्डा बोकेको जहाजबाट २० नाविकलाई उद्धार गरेको ओमानको सरकारी समाचार एजेन्सीले जनाएको छ ।
हालै मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण तेल ढुवानी मार्गको सुरक्षाबारे चिन्ता बढिरहेको छ । पर्सीयनको खाडी र स्ट्रेट अफ होर्मुज विश्वकै महत्त्वपूर्ण तेल आपूर्ति मार्ग हो । यस मार्ग भएर विश्वको २० प्रतिशत तेल ढुवानी हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण