१० बजे १० समाचार : ओली र लेखक पक्राउदेखि सरकारका शासकीय सुधारका कार्यसूचीसम्म
काठमाडौँ । आज मिति २०८२ साल चैत महिनाको १४ गते शनिबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति १० बजे १० समाचार लिएर आएका छौँ–
१. पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो ।
२. पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
पूर्वगृहमन्त्री रमेश लेकलाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहान ५स्४० मा पक्राउ गरेको हो ।
३. ओली र लेखक पक्राउप्रति प्रतिक्रिया
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेपछि राजनीतिक दल, भातृसंगठनहरु र तिनका नेताहरुले विभिन्न प्रतिक्रिया दिएका छन् ।
४. एमालेले घोषणा गर्यो संघर्षका कार्यक्रम
नेकपा एमालेको सचिवालय बैठकले संघर्षका कार्यक्रम तय गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार बसेको सचिवालय बैठकले ओलीलाई तत्काल रिहा गर्नुपर्ने मागसहित संघर्षका कार्यक्रम तय गरेको हो । बैठकको निर्णयलगत्तै देशव्यापी रुपमा एमालेले विरोध प्रदर्शन समेत गरेको छ ।
५. केन्द्रीय सुरक्षा समितिमा बदलिँदो परिस्थितिबारे छलफल
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि उत्पन्न परिस्थितिबारे केन्द्रीय सुरक्षा समितिमा छलफल भएको छ ।
६. दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु
नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिए ।
७. कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्री गुरुङको निर्देशन
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन् । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उनले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।
८. सरकारको शासकीय सुधारका १०० कार्यसूची
सरकारले शासकीय सुधारका एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले यससम्बन्धी निर्णय गरेको हो ।
९. शनिबार विशेष
१०. ओली र लेखक पक्राउको स्वागत
जेनजी मुभमेन्ट नेपालले एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाउने सरकारको निर्णयको स्वागत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण