१२ बजे १२ समाचार: चिनी निर्यातमा भारतको प्रतिबन्ध, कर्णालीमा ३० प्रतिशत पनि बजेट खर्च भएन
सारांश
- परराष्ट्रमन्त्रीले नेपाललाई सहयोग गर्न विश्व समुदायसँग आग्रह गरेका छन् ।
- भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाल सरकारले बजारमा चिनीको सहज आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।
- चालु आर्थिक वर्षको १० महिनामा कर्णाली प्रदेश सरकारले कुल बजेटको २९.०३ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।
काठमाडौँ । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ–
१. नेपाललाई सहयोग गर्न विश्व समुदायसँग आग्रह
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाललाई सहयोग गर्न विश्व समुदायसँग आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित आर्थिक तथा सामाजिक परिषद्को विशेष बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।
२. चिनीको सहज आपूर्ति सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता
भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि उत्पन्न हुनसक्ने सम्भावित समस्यालाई मध्यनजर गर्दै नेपाल सरकारले बजारमा चिनीको सहज आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।
३. रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमै किन ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशन आयोजना गर्न चितवन नै रोजेको छ । वैशाख ३० गते बसेको केन्द्रीय समिति बैठकले असार ७ देखि ९ सम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
४. कर्णालीमा ३० प्रतिशत पनि बजेट खर्च भएन
चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा कर्णाली प्रदेश सरकारले कुल बजेटको २९.०३ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।
५. बारामा चार दशक पुरानो अतिक्रमण हटाइयो
बारामा चार दशक पुरानो अतिक्रमण हटाइएको छ । डिभिजन वन कार्यालय, बाराको नेतृत्वमा स्थानीय प्रहरी प्रशासन, पर्सा राष्ट्रिय निकुञ्ज, वनरक्षक, कर्मचारी र सडक डिभिजन कार्यालय, हेटौँडाको संयुक्त टोलीले सो अतिक्रमण हटाएको हो ।
६. कांग्रेस विभाजनको दिशामा गइरहेको दाबी
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको दिशामा गइरहेको बताएका छन् । शनिबार कांग्रेस कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको ‘कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै खड्काले यस्तो बताएका हुन् ।
७. दुल्लुका वडा सचिवलाई धम्की दिने व्यक्ति पक्राउ
दैलेखको दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई धम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले भण्डारीलाई पक्राउ गरेको हो ।
८. एमाले सचिवालय बैठक सर्यो
आज बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारको लागि सरेको छ ।
९.फोटोफिचर
१०. बोक्सी भन्दै महिलालाई मलमुत्र खुवाइयो
रौतहटको कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
११. शनिबार विशेष
१२. आईपीएल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक विपद्मा परेर ४६२ जनाको मृत्यु
-
पोर्चुगल र क्रोएसियामध्ये को–कति बलियो ?
-
यी हुन् सरुवा भएका ८ जना एआईजी, को कहाँ ? (सूचीसहित)
-
अनेरास्ववियुले भन्यो– प्राज्ञिक संस्था राजनीतिक प्रभावबाट मुक्त हुनुपर्छ
-
बागमतीका सांसदहरूको गुनासो : ‘पहुँचवालाको क्षेत्रमा मात्रै बजेट थुपारियो’
-
कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण